नागरिकता संशोधन गर्ने नेकपाले गरेको निर्णयको विरोधमा कांग्रेसको वीरगन्जमा प्रदर्शन(भिडियो सहित )

वीरगन्ज– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेपाली पुरुषसंग विवाद गर्ने विदेशी महिलालाई सात बर्षपछि मात्र अंगीकृत नागरिकता दिन नागरिकता संशोधन ऐन विधेयक ल्याउने सहमती जनाएपछि प्रतिपक्षको भुमिकामा रहेको नेपाली काँग्रेसले विरोध जनाएको छ ।

काँग्रेस निकट नेपाल महिला संघको अगुवाईमा घण्टाघर चोकमा भएको प्रदर्शनमा काँग्रेसका नेता कार्यकर्ताले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धी नेकपाको निर्णय सच्याउनु पर्ने माँग गरेका थिए । प्रदर्शनमा सहभागी कांग्रेसका नेता कार्यकर्ताले सरकार र नेकपा विरुद्ध पनि नाराबाजी पनि गरेका गरेका थिए ।

उनीहरुले महिलाको अधिकार खोस्न पाईदैन कम्युनिष्ट सरकार चाहिदैन, महिलालाई हेप्न पाईदैन हत्यारा सरकार चाहिदैन, जहाँ नारीको सम्मान हुन्छ त्यहाँ ईश्वरको बास हुन्छ, महिला एकता जिन्दाबाद भ्रष्ट्राचारी सरकार मुर्दाबाद, जस्ले आमाको सम्मान गर्न जान्दैन उस्ले मातृभूमीको रक्षा गर्न सक्दैन लगायत लेखिएको नारा सहितको प्लेकार्ड प्रर्दशन गरेका थिए ।

नेकपाले गरेको निर्णय महिला विरोधी रहेको भन्दै काँग्रेस नेतृहरुले यो निर्णय अनुसार नागरिकता ऐन संशोधन भएमा विदेशी बुहारी महिला माथि विभेद र हिंसा बढ्ने बताएका थिए । प्रदर्शनमा सहभागी नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजय चौरसीयाले केपी ओलीको दल नेकपा र उसको नेतृत्वको सरकारले मुलुकमा कम्युनिष्ट शासन लाद्न नागरिकता ऐनमा संशोधन गर्ने षडयन्त्र गरिरहेको आरोप लगाए ।

बैवाहीक अंगीकृत नागरिकता सम्बन्धि अहिलेको प्रावधान नयाँ होइन, पन्चायतकाल र बहुदलमा पनि यहि प्रावधान थियो, उनले भने, अन्तरिम संविधानमा पनि यहि प्रावधान थियो, अहिलेको संविधानमा पनि छ ।

 

अहिलेको नागरिकता ऐन संशोधन गरियो भने भारतबाट मत्र नभइ अरु देशबाट पनि विहे गरेर आउने महिला ७ वर्ष सम्म अनागरिक भएर बस्नु पर्ने बाध्यता हुने भएकाले काँग्रेसले यसको विरोधमा आन्दोलन थालेको चौरसीयाले बताए । नेकपाको उक्त निर्णयका विरुद्ध काँग्रेस सडक आन्दोलनमा उत्रिसकेकाले त्यो कदापी सफल हुन नदिने चेतावनी पनि उनले दिए ।

नेपाल र भारत बिचको सदियौं देखिको रोटी बेटीको सम्बन्ध बिगार्न कम्युनिष्ट नेतृत्वको सरकार र नेकपाले नागरिकता ऐनमा संधोशन गर्ने चलखेल गरेको महिला संघकी केन्द्रिय सदस्य एवं वीरगन्ज महानगरपालिकाकी उप मेयर शान्ति कार्कीले बताईन् ।

‘नेकपाले दुइ बिचको वैवाहिक र सांस्कृतिक सम्बन्धलाई बिगार्न खोजेको छ’, उनले भनिन् , ‘विदेशी बुहारीलाइ ७ वर्ष पछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान हामी कदापी मान्दैनौ, त्यसका विरुद्ध जे जस्तो त्याग गर्नु पर्छ हामी तयार छौ ।’

विरोध प्रदर्शनमा नेपाली काँग्रेस पर्साका जिल्ला सभापती अजय द्धुवेदी, प्रदेश २ का सांसद ओमप्रकाश शर्मा, राजेश्वर साह तेली, पूर्व सांसद एव युवा नेता अनिल कुमार रुगंटा, महिला संघकी जिल्ला अध्यक्ष राधा कार्की, पार्टीका युवा नेता, बैकुण्ठ श्रीवास्तव, नविन सिंह, ईम्तियाज आलम लगायतको सहभागिता रहेको थियो ।thenepaltop

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close