अवैध घरेलु मदिरा नष्ट

राजन कुमार बानिया
पोखरिया ७ साउन
प्रहरीले पर्साको बहुदरमाई नगरपालिका को वार्ड नं७ बहुअर्वाभठ्ठामा संचालनमा रहेको रक्सी भठ्ठी टोडफोड गरि रक्सी नस्ट गरका छन। ईलाका प्रहरी कार्यालय पोखरिया र बहुवर्वाभाठा को संयुक्त टोली ले बहुवर्वाभाठा गाउँ निवासी प्रभु साह कलवारले अवैध रुपमा संचालन गरि घरेलु मदिरा भट्टी २ वटा टोडफोड गरि नस्ट गरेका छन।प्रहरी ले सो ठाउँ बाट २०० लिटर तयारी मदिरा र कच्चा पदार्थ ३५०० लिटर बरामद गरि नष्ट गरिएको ईलाका प्रहरी कार्यालय पोखरिया का प्रहरी निरिक्षक चन्द्रसिंह ले जनाए का छन।प्रहरी ले रक्सी उत्पादन गरिने उपकरण समेत बरामद गरिएको प्रहरी ले जनाए का छन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close