१५ बर्षीया बालिका सुत्ने कोठामा प्रवेश गरि धाकधम्कि दिई जबरजस्ती करणी गर्ने पटेल पक्राउ ।

बिरगंज , असार ११ गते शुक्रबार ।

पर्सा जिल्ला पर्सागढी न.पा.वडा नं.७ फुलवरिया बस्ने बर्ष २० को कृष्ण पटेल तथा वडा नं.६ चैनपुर बस्ने बर्ष २० को कमलेश सहनीले असार १० गते बिहीबार राति ९:३० बजे तिर १५ बर्षीय पीडित बालिकाको परिवारका सदस्यहरु सुतिरहेको मौका छोपी बालिका सुत्ने कोठामा प्रवेश गरी बालिकालाई धाकधम्की दिई दुई जना मध्ये कमलेश सहनीले कोठाभित्र ढोकामा कुरुवा बसी कृष्ण पटेलले निजलाई जबरजस्ती करणी गरेको भन्ने अभियोगमा पीडितका वुवाको जाहेरी दरखास्तको आधारमा निजहरु मध्येका कृष्ण पटेललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले नियन्त्रणमा लिई जबरजस्ती करणी सम्बन्धी कसूरमा ५ (पाँच) दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनु भयो ।

त्यसै गरि अर्का फरार रहेका कमलेश सहनीको खोजतलास भइरहेको समेत जानकारी जानकारी दिनु भयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close