पटेर्वा सुगौली गाउँपालिकाद्वारा आर्थिक बर्ष २०७७/२०७८ को नीति तथा कार्यक्रम प्रस्तुती

पटेर्वा सुगौली गाउँपालिकाद्वारा आर्थिक बर्ष २०७७/२०७८ को नीति तथा कार्यक्रम प्रस्तुती

राजन कुमार बानिया
पोखरिया १० असार
पर्साको पटेर्वा सुगौली गाउँकार्यपालिक ले अाज आर्थिक बर्ष २०७७/२०७८ को नीति तथा कार्यक्रम प्रस्तुतीकरण कार्यक्रम लाई गाउँपालिका अध्यक्ष हरिनारायण चौधरी ले उदघाटन कार्यक्रम गर्नुभएको थियोे । गाउँपालिकाको कार्यालय पटेर्वा सुगौलीको को सभा हलमा भएको नीति तथा कार्यक्रम लाई संबोधन गर्दै अध्यक्ष चौधरी ले भने पटेर्वासुगौली को बिकास मा जनप्रतिनिधि र कर्मचारी हरु को मेहनत र ईमानदारीता र जनसमुदाय को सहयोग ले हामी हरु तीन वर्ष पार गरेको मा सबै जना मा धन्यवाद टकराउ्नु भएको थियोे ।

अगामी दिनमा यसतै सहयोग रहियोभने पटेर्वासुगौली गाउँपालिका लाई नमुना को रुपमा बनाउने प्रतिबधाता गर्नु भएको थियोे । पटेर्वा सुगौलि गाउँपालिकामा आगामी आर्थिक वर्षको लागि अनुमानित ३४ करोड २८ लाख ४९ हजार बजेट तथा कार्यक्रम प्रस्तुत गाउँपालिका उपाध्यक्ष ममता महतो ले प्रस्तुत गर्नुभएको थियोे ।अगामी बजेटमा स्वास्थ शिक्षा,कृषि,पशु,भौतिक पुर्बअधार,पर्यटन, यातायात ,बेरोजगारी, पिपद,महिला बालबालिका लगायतको विशेष योजनालाई प्राथमिकतामा राखिएको निमित प्रशासकीय अधिकृत भुजेन्द्र प्रसाद यादवले बताउनु भयो।

कार्यक्रम मा वार्डअध्यक्ष बिजय गैरे, फर्मान अंसारी मोतिलाल साह,राजेश्वर महतो,माधो राउत, गाउँकार्यपालिका सदस्य, गाउँपालिका समपुर्ण जनप्रतिनिधि स्वास्थ्य संयोजक जगरनाथ साह, योजना प्रमुख राजकुमार चौधरी,शिक्षा प्रमुख शम्भु साह,समाजिक बिकास प्रमुख बिरेन्द्र चौधरी,कृषि प्रमुख गोबिन्दभैया थारु,निर्मल कुमार, लगाएय कर्मचारी ,पत्रकार हरु को उपस्थिति रहेको थियो।नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष हरिनारायण चौधरी को अध्यक्ष्ातामा समपन भएको थियोे ।कार्यक्रम संचालन शिक्षा प्रमुख शम्भु साह ले गर्नु भएको थियोे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close