
जनकपुरधाम , असार १२ गते शुक्रबार ।
मिति २०७७।०३।११ गते अं.१७:३० बजेको समयमा जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका- १९ बाउन बिगहा स्थितमा जिल्ला धनुषा जनकनन्दनि गा.पा.-१ घर भइ हाल जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका- १ बसोबास गरि बस्ने रामदेव सहनीको छोरा बर्ष १९ को श्याम सहनीले प्रदेश २-०२-००१ प ३९१४ नं. को मो.सा. मा हतियार बेचबिखनको लागि ओसार पसार गरी रहेको भन्ने गोप्य सुचनाको आधारमा धनुषा प्रहरी कार्यालयबाट प्र.स.नि. र तालुक २ न. प्रदेश प्रहरी कार्यालय जनकपुरबाट प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त टोलिले ऐ. स्थित निज श्याम सहनीलाई उक्त नं. को मो.सा. सहित बरामद गरी रितपुर्वक चेक जाँच गर्ने क्रममा निजको साथबाट कटुवा पेस्तोल थान-१ फेला परेकोमा निज श्याम सहनीलाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई सोधपुछ गर्ने क्रममा निजले दिएको बयान अनुसार उक्त नल्कटुवा पेस्तोल जिल्ला धनुषा जनकनन्दनि गा.पा.-२ बल्हा बस्ने देवन सहनीको छोरा वर्ष ३१ को रामपृत सहनीले विक्री गर्नको लागि दिएको भनि बताएकोमा निज रामपृत सहनीलाई खोजतलास गर्दै जाने क्रममा ऐ. १९:३० बजेको समयमा जिल्ला धनुषा जनकनन्दनि गा.पा.-२ स्थित भारत तर्फ भाग्दै गरेको अवस्थामा नेपाल भारत सिमा नजिकबाट नियन्त्रणमा लिई यस का. मा ल्याई आज मिति २०७७।०३।१२ गते सम्मानित धनुषा जिल्ला अदालतबाट हातहतियार खरखजाना मुद्दा शिर्षकमा म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको धनुषा प्रहरीले जनाएको छ ।




