श्वासप्रश्वासमा समस्या भएपछि पर्सागढीका मेयर अस्पताल भर्ना

बीरगन्ज, २३ साउन – श्वासप्रश्वासमा समस्या भएपछि बीरगन्जस्थित तराई अस्पताल भर्ना भएका पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवको स्वास्थ्य अवस्था हाल स्थिर रहेको चिकित्सकले बताएका छन् ।

तराई अस्पतालका निर्देशक डा. रोशन कुर्मीले यादवको स्वास्थ्य अवस्थाबारे जानकारी दिदैं उहाँमा जटिल किसिमको निमोनियको लक्षण देखिएको बताए । उहाँको छातीमा समस्या देखिएको उनले बताए । हाल मेयर यादवलाई अक्सिजन चढाइएको डा. कुर्मीले जानकारी दिए ।

यसअघि, श्वासप्रश्वासमा समस्या भएपछि आज साँझ तराई अस्पतालमा भर्ना गरिएको थियो । उहाँमा ज्वरो, रुघाखोकी, निमोनियाको लक्षण केही दिन देखिएको थियो । पछिल्लो पटक श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उहाँ निकट श्रोतले जनाएको छ ।

यता, अस्पताल भर्ना हुनु अघि गरिएको उहाँको पिसिआर परिक्षणको रिपोट भने हिजो नेगेटिभ आएको थियो । कोरोना रिपोट नेगेटिभ भएपनि स्वास्थ्य अवस्था गम्भीर नै भएपछि परिवारले मेयर यादवलाई काठमाडौं लैजाने तयारी गरिरहेको बुझिएको छ ।Nepal post daily

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close