सेवाग्राहीकाे सहजताका लागि वीरगन्जको यातायात कार्यालयमा अनलाइन प्रणाली लागु

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्नको लागि सेवाग्राहीले भोगिरहेको झण्झटलाई हटाउन अनलाइन प्रणाली प्रयोगमा ल्याइएको यातायात व्यवस्था कार्यालय वीरगन्जका प्रमुख कमल गाैतमले बताए।

वीरगन्जस्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीकाे सहजताका लागि मंगलबारदेखि अनलाईन प्रणाली कार्यान्वयनमा ल्याइएको छ।

अनलाइन प्रणाली कार्यान्वयनमा ल्याइएपछि सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगलाई विस्तार गर्ने नीति कार्यान्वयनमा समेत सहयोग पुग्ने उनको भनाइ छ।

सरकारले लाइसेन्स प्राप्तिको प्रणाली अनलाइन गरेको बताए पनि अझै बायोमेट्रिक, स्वास्थ्य जाँच, लिखित परिक्षा र ट्रायलको लागि भने कार्यालय वा तोकिएको ठाउँमा उपस्थित हुनुपर्नेछ । प्रणाली पूर्ण रुपमा कार्यान्वयन भएपछि सेवाग्राहीले लिखित तथा प्रयोगात्मक स्थल बाहेक यातायात कार्यालयमा एक पटक मात्र उपस्थित भए पुग्ने व्यवस्था मिलाएको गौतमले बताए ।कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधिमैत्री र सहज बनाउन यातायात व्यवस्था विभागले साबिकको प्रणालीमा सुधार गरी विद्युतीय सेवा प्रवाह प्रणाली सञ्चालनमा ल्याएको हाे।
अब सवारी चालक अनुमतिपत्रका लागि आवेदन गर्ने, स्वास्थ्य परीक्षण प्रतिवेदन प्राप्त गर्ने, राजस्व भुक्तानी गर्ने लगायतका सेवा अनलाइन प्रणाली बाटै गर्न मिल्ने गाैतमले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close