नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी द्वारा छठ पर्बको शुभकामना

नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी द्वारा छठ पर्बको शुभकामना

राहुल गुप्ता

छठ पर्व, २०८१ को पावन अवसरमा पर्सा बासि तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी शुभकामना व्यक्त गर्नु भएको छ।

सूर्य देवता र छठी माताको पूजा अर्चना यो पर्वको मुख्य विशेषता हो । यस पर्वमा सूर्यको उपासना तथा व्रत बसी रातभर खोला तथा पोखरीको किनारमा जाग्राम गरेर हर्षोल्लासका साथ धुमधामसँग यो पर्व मनाइन्छ । खास गरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकालगायत पहाडी तथा हिमाली जिल्लाहरूमा समेत सूर्य देवता र छठी माताको पूजा अर्चना गर्दै श्रद्धा एवम् भक्तिपूर्वक मनाउने चलन बढ्दै गएको छ । यसबाट धर्म संस्कृति, रीतिरिवाज तथा चाडपर्वले हामीबीच आपसी सद्‌भाव र एकतालाई अभिवृद्धि गर्दै लगेको प्रष्ट हुन्छ ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास रहेको छ । भेदभाव विना सम्पूर्ण प्राणीलाई समान शक्ति, ताप र प्रकाश दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात् गर्दै तन र मन लगाएर कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर पूजा आराधना गरी यो चाड मनाइन्छ।

अन्त्यमा, प्रकृतिको पूजा गरिने यस पर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुग्ने विश्वासका साथ पुनः छठ पर्व, २०८१ को हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close