
बिरगंज , असार २४ गते बुधबार ।
बर्तमान सरकार तथा प्रधानमन्त्रि केपि शर्मा ओलिको समर्थनमा बुधवार वीरगञ्जमा बृहत मोटरसाईकल जुलुश निकालिएको थियो ।
स्वतन्त्र युवा समाज वीरगञ्ज पर्साले स्थानीय युवा हनिफ मियाको नेतृत्वमा जुलुश निकालेको हो।वीरगञ्जको घण्टाघरबाट शुरु भएको मोटरसाईकल जुलुशमा सहभागि स्वतन्त्र युवाहरुले स्थित सरकार जिन्दावाद, के पी ओली जिन्दावाद, राष्ट्रिय एकता जिन्दावाद, विदेशी हस्तक्षेप मुर्दावाद, लगायतका नारा लगाएका थिए ।
जुलश माईस्थान, आदर्शनगर, अलखियामठ, मकालु चौक लगायत विभिन्न स्थान हुँदै पुन घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई रवी गुप्ता, अकलेश साह, सगिर अहमद, हनिफ मिया लगायतका युवाहरुले सम्बोधन गर्दै बर्तमान सरकारको निरन्तरता दिनुपर्ने भन्दै प्रधानमन्त्रि केपी शर्मा ओलीको बिकल्प नभएको बताएका थिए।
साथै बर्तमान परिवेशमा फैलिएको महामारीको समयमा प्रधानमन्त्रि फेरबदल गरेर बल्ल तल्ल बनेको सरकार नबिगार्न पनि विरोधीहरुलाई आग्रह गरेका थिए । जुलुशमा युवाहरु महमद निजामुद्धिन, ईम्रान हुसेन, राजकिशोर गुप्ता, शंकर महतो, विकास रौनियार लगायत ५ सय भन्दा धेरैको सहभागिता रहेको थियो ।




