
बिरगंज , चैत्र ०५ गते बिहीबार ।
सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा जिल्ला पर्सा पर्सागढी न.पा.वडा नं.३ बस्ने वर्ष २० को सुजित थापा मगरसँग दुई वटा नागरिकता रहेको भन्ने प्राप्त सूचनाअनुसार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले निजको खोजतलास गर्ने क्रममा चैत०४ गते बुधबारअन्दाजी ४ बजेको समयमा निजलाई उल्लेखित ठेगानाको सडक खण्डमा हिंडिरहेको अवस्थामा फेला पारी निजको शरीर रीतपूर्वक खानतलासी गर्दा निजले लगाएको पाइन्टको अगाडिको दाहिने खल्तीमा जिल्ला पर्सा पर्सागढी न.पा.वडा नं.३ बस्ने खुम बहादुर थापाको छोरा सन्त बहादुर थापाको नाउँको जिल्ला प्रशासन कार्यालय, पर्साबाट मिति २०७५।०९।०४ गतेमा जारी भएको ( ना.प्र.नं.३४-०१-७५-१४२७४ ) को सक्कल नेपाली नागरिकता प्रमाणपत्र थान १ तथा सोही विवरण भएको नेपाली नागरिकता प्रमाणपत्रको सक्कल प्रथम प्रतिलिपि थान-१ फेला परेको; तर दुई नागरिकतामध्ये प्रतिलिपि नागरिकतामा निज सुजित थापा मगरले आफ्नो फोटो टाँसी कीर्ते कार्य गरेको देखिएकोले निज सुजित थापा मगरलाई नियन्त्रणमा लिई आजै सम्मानित पर्सा जिल्ला अदालतबाट लिखत सम्बन्धी कसूर मुद्दा शीर्षकमा दिन ५ म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।




