मधेसी महिलाको स्वभिमानमा चोट पुर्याएको भन्दै बिरगंजका युवाले सन्दिप क्षेत्री र कान्तिपुर टेलिभिजन बिरुद्ध हुलाक मार्फत उजुरी दर्ता।

बिरगंज , असार २४ गते बुधबार ।

मधेसी महिलाको स्वभिमानमा चोट पुर्याईएको भन्दै बिरगंजका युवाहरुले कार्यक्रम प्रस्तोता सन्दिप क्षेत्री र कान्तिपुर टेलिभिजन विरुद्ध उजुरी दर्ता पठाएका थिए ।

जिल्ला हुलाक कार्यालय पर्सा बिरगंज मार्फत बुधबार युवा नेता ओमप्रकाश सरार्फले उजुरी दर्ताको लागि दर्खास्त पठाएको पर्सा पोस्टलाई बताउनु भयो ।

दुई साता अघि कान्तिपुर टेलिभिजनबाट प्रशारित ” ह्वाट द फ्लप ” कार्यक्रममा मधेसीको मान तथा स्वभिमानमा आच पुर्याउने गरि कार्यक्रम गरेको हुदा त्यसको विरुद्ध आज हुलाक मार्फत उजुरीको काम अगाडि बढाएको युवा नेता शरार्फले बताए ।

मंगलवार उजुरीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पुग्दा दर्ता गर्न नमानेकोले हामिले हुलाक मार्फत उजुरी पठाएका हौ।अबपनि प्रहरीले कार्वाही नगरिए क्षेत्री र कान्तिपुर टेलिभिजन विरुद्ध सडक सघर्श समेत गरिने सरार्फले बताएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close