२५ किलो चाँदीका गहना सहित २ जना मानिस पक्राउ ।

२५ किलो चाँदीका गहना सहित २ जना मानिस पक्राउ ।

बारा , असार ३१ गते बुधबार ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बुधबार दिउसो करिब १ बजेको समयमा चेकजाच गर्ने क्रममा जिल्ला बारा कलैया उ.म.न.पा.वडा नं.११ विश्वम्भरपुर टोल स्थित कलैया-मटिअर्वा सडक खण्डमा कलैया वडा नं.५ बस्ने महेन्द्र राउत यादवको छोरा वर्ष ३२ को ईन्द्रदेव प्रसाद यादव र जिल्ला बारा प्रसौनि गाउँपालिका वडा नं.६ बस्ने हलिम मियाँ अन्सारीको छोरा वर्ष ३८ को वकिल अँसारीलाई ना ६१ प ७२०४ नम्बरको मोटरसाइकल मा भारतबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएको २५ किलो ग्राम चाँदीको तयारी गहना (पाउजु, झुम्का, सिक्रि समेत) सहित फेला पारी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखिएको र पक्राउ परेका व्यक्तिहरूलाई भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय बिरगंज पठाइने बारा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close