
लम्की/ साउन ३
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा धनगढीले कोरोना भाइरस कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सेती प्रादेशिक अस्पताल धनगढीलाई आज स्वास्थ्य सुरक्षा सामग्रीहरु हस्तान्तरण गरेको छ ।
कोको–कोला र नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयको साझेदारीमा कोरोना भाइरस संक्रमित व्यक्तिहरुको सेवामा २४औ घण्टा परिचालित हुने सेती प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत सुरक्षार्थ ५० सेट बुट र कबर , २५० थान सेनिटाइजर , कोलोरिन ५ लिटरको ५० जार, १ हजार ८ पिस साबुन, एन नाइन्टी फाइफ मास्क १०० थान गरी १ लाख ६४ हजार बराबरको स्वास्थ्य सुरक्षा सामग्री सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.हेमराज पाण्डेयलाई हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका सभापति उत्तम जोशी, उपकोषाध्यक्ष गोविन्दप्रसाद जोशी, सदस्य रतन कठायत, कोको–कोलाका प्रतिनिधि सुभास दाहाल, रेडक्रस केन्द्रीय कार्यालय प्राथमिक उपचार महाशाखाका राजु रावत , शाखाका कर्मचारीहरू लगायतकाको उपस्थिति रहेको थियो ।




