गोल्छा समूहले झिकाएको गाडीमा तस्करीको मोबाइल बरमाद

२०७७ श्रावण ११ गते
बिरगंज ।
बिरगंज वैश्वीक महामारीले थाला पर्दै गएको मुलुकको प्रमुख नाका बाट गोल्छा समूहले झिकाएको गाडीबाट तस्करीको मोबाइल बरमाद भएको घटना सर्बजनिक भएपछि जस्तो सुकै स्थितिमा ब्यापारीहरु पैसा कमाउन पछि पर्दैनन भन्ने तथ्य उजागर भएको छ।

गोल्छा समूहले वीरगन्ज भन्सारबाट भित्र्याउन लागेको गाडीबाट मोबाईल बरामद भएको छ। सो समूहको जीओ अटोमोबाइल्सले ल्याएको फोर्ड गाडी शनिबार चेकजाँच गर्दा विभिन्न ब्रान्डका ३३ वटा मोबाइल फेला परेको भन्सारका सूचना अधिकृत विमलकुमार साहले बताए ।

जीओले जाचपासको लागि पेश गरेका १९ मध्ये २ वटा गाडीमा मोबाईल भेटिएको हो । एउटामा ८ वटा मोबाइल बरामद भएपछि सबै गाडीको खानतलासी लिदा अर्को गाडीबाट थप २५ ओटा बरामद भएको भन्सार अधिकृत रमेश सुकमनीले जानकारी दिए ।

नेपाल भारत एकीकृत जाँच चौकीबाट भित्रिएर भन्सारको यार्डमा राखिएका गाडीमा मोबाइल फेला परेको हो । गाडीमा लुकाएर मोबाईल भित्र्याउन लागेको खुलेपछि शनिबार जीओका एउटा पनि गाडी जाचपास नभएको भन्सारले बताएको छ।

नेपाल र भारत दुबैतर्फको एकीकृत निगरानीमा रहने आइसीपीबाट घोषणाभन्दा फरक पारेर मोबाइल भित्रिएको छ। भन्सार अधिकारीहरूले चालकबाट अनुसन्धान शुरू गरे पनि यो परिमाणको मोबाइलको अबैध आयातमा चालकको मात्र संलग्नता नभएको एक अधिकारीको दाबी छ। रेड मी, रेड आई र ओप्पो ब्रान्डका मोबाइल बरामद भएको भन्सारले बताएको छ ।

देश को प्रतिष्ठित ब्यापारिक घराना गोल्छा समूह को य काण्ड लाई गम्भीरता पुर्बक लिएर अनुसन्धान अगाडि बढाउनु पर्ने मा भन्सार उप-सचिव गोपाल खत्री को आदेश ले गाडी चालक लाई शनिबार नै छाडिको बुझिएको छ।source:- ankush daily

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close