नेकपा एमाले बिरगंज महानगर कमिटी वडा नम्बर ५ द्वारा आयोजित अगुवा कार्यकर्ता भेला सम्पन्न।

अभिलाष गुप्ता
नेकपा एमाले बिरगंज महानगर कमिटी वडा नम्बर ५ को बैठक नेकपा एमाले वार्ड नम्बर ५ कमिटीका अध्यक्ष प्रदिप सिंह ठकुरीको अध्यक्षता सम्पन्न भएको छ।सो कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले बिरगंज महानगर कमिटीका सचिव सुन्दर प्रसाद कुर्मी आतिथ्यमा एवम् विशिष्ट अतिथिमा बिरगंज महानगरपालिका वार्ड नम्बर ५ का वडा अध्यक्ष प्रदिप कुमार चौरसिया,अतिथिमा बिरगंज महानगर कमिटीको सदस्य मनोज साह,प्रेस चौतारीका केन्द्रीय सदस्य लालबाबु शेख एवम् वडा नम्बर ५ का वडा सदस्यहरू लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो भने नेपाल खेलकुद महासंघ जिल्ला अध्यक्ष मनोज साह , सहसचिव अमन कुमार पटेल लगायत उपस्थिति रहेको थियो। आजको कार्यक्रममा बैठक बसि २०८१ पौष ६ गते हुने बिरगंज महानगर अधिवेशन सफल बनाउन सकृय भुमिका गर्ने निर्वाह गर्ने सर्बसहमती बाट निर्णय समेत गरिएको थियोे।

भने कार्यक्रमको सञ्चालन नेकपा एमाले वार्ड नं ५ कमिटी का उपाध्यक्ष निशान्त लामिछानेले गर्नुभएको थियो। सो कार्यक्रममा वडावासी एवम् कार्यकताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close