तस्करलाई मात्र मल ल्याउने दिने सशस्त्र प्रहरी विरुद्ध जाईलागे स्थानीय, इन्सपेक्टर घाइते( भिडियो सहित )

पकहामैनपुर, २६ साउन- तस्करलाई मात्र मल ल्याउन दिएको भन्दै पकहामैनपुरका स्थानीय र सशस्त्र प्रहरी बीच झडप भएको छ ।

किसानलाई एक बोरा पनि मल ल्याउन नदिने र तस्करलाई मात्र मल ल्याउन दिएपछि सो क्षेत्रका किसानहरु आक्रोसित भएका थिए । पैसा लिएर सबैठवा नाकाबाट सशस्त्र प्रहरीले मल तस्करी गराई रहेको सूचना पाएर स्थानीयहरुले भिडियो बनाएपछि सशस्त्र जवानले कुटपिट गरेका थिए । त्यसपछि आक्रोसित बनेका स्थानीय उल्टै सशस्त्र प्रहरीमामाथि जाइलागेका हुन् ।

 

स्थानीयको आक्रमणबाट सशस्त्र प्रहरी निरीक्षक टिकाराम गौतम घाइते भएका छन् । स्थानीयले सशस्त्र प्रहरीको चेक पोष्ट बिटमा पनि तोडफोड गरेका छन् ।

सशस्त्र प्रहरीले पैसा लिएर तस्करहरुलाई मल तस्करी गर्न दिइरहेको केही दिनदेखि समाचार बाहिर आइरहेको थियो । मल अभावमा किसानले बाध्य भएर तस्करीको मल चर्को मूल्यमा किन्न बाध्य भएका छन् Nepal post daily

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close