
अजित कुमार भुजेल
बिरगंज , फागुन ०३ गते सोमबार ।
बिरगंज वडा न.२२ जगरनाथपुर स्थित स्वेता आयल ट्रेड्र्सबाट आइतबार साझ ना ७ ख १५११नम्बरको ट्याङ्करको च्याम्बरमा एक हजार लिटर र ट्याङकरको फ्युल ट्याङ्करमा ३६० लिटर गरि जम्मा १३६० लिटर डिजेल अबैध रुपमा चोरी निकासी गर्नको लागि आईसिपि को मुलबाटो हुँदै भारत तर्फ जाँदै गरेको भन्ने विशेष सूचनाको आधारमा पर्साबाट खटिएको प्रहरी टोलिले मुल गेटमा रोकि चेकजाच गर्ने क्रममा सो डिजेल सहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ट्याङ्कर चालक मकवानपुर जिल्ला मनहरी गापा वडा न.३ बस्ने बर्ष ३३ को रामकृष्ण उप्रेती , सहचालक मकवानपुर जिल्ला रकसिराग गापा वडा न.३ बस्ने बर्ष २१ को अशोक पार्खिन र पर्सा जिल्ला बि. म. न. पा.वडा न.२२ बस्ने बर्ष ३४ को स्वेता आयल ट्रेडर्सका मुन्सी सोहि वडाका सम्भु महतोलाई पक्राउ गरि थप अनुसन्धान कार्य भैइ रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोजित कुवरले जानकारी दिनु भयो।




