
बारा , भदौ ०८ गते सोमबार ।
जिल्ला प्रहरी कार्यालय बारा अन्तर्गत रहेको इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलीले आइतबार राती अन्दाजी ११:३० बजे को समयमा जिल्ला बारा जीतपुरसिमरा उ.म.न.पा. वडा नं.१४ स्थित दुधौरा खोलामा जिल्ला बारा जीतपुरसिमरा उ.म.न.पा. वडा नं.८ वस्ने रघुनाथ रामको छोरा वर्ष ६० को सत्यनारायण राम र ऐ.ऐ.वडा नं.१० बस्ने भरत दासको छोरा वर्ष ४४ को राजनाथ दास समेत २ जनाले बोकी आएको बोराहरू चेकजाँच गर्दा सत्यनारायण रामले बोकी आएको बोराभित्र २ किलो ग्राम र राजनाथ दासले बोकी आएको बोरा भित्र २ किलो ५००।- ग्राम गरी जम्मा ४ किलो ५०० ग्रम गाँजा लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी थप अनुसन्धान कार्य भइरहेको बारा प्रहरीले जनाएको छ ।
त्यसै गरि आइतबार राती अन्दाजी ११:३० बजेको समयमा प्रहरी चौकी दक्षिण झिटकैया बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा देवताल गाँउपालिका वडा नं.२ स्थितमा पुग्दा खटिएको प्रहरी टोलीलाई देखि नामथर वतन नखुलेको व्यक्तिले साथमा बोकि आएको बोरा फाली भागेको र उक्त बोरा खोली हेर्दा उक्त बोरा भित्र १० किलो अवैध लागू औषध गाँजा रहेको हुँदा बरामद गरी अनुसन्धान कार्य भइरहेको बारा प्रहरीले जनाएको छ ।




