सशस्त्र प्रहरी भिखमपुरद्वारा काठ बरामद

राजन कुमार बानिया
पोखरिया १२ भदौ
सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट भिखमपुर ले पर्साको जगरनाथपुर गाउँपालिका वार्ड-२ लक्ष्मीपुर बाट काठ लोड दुई वटा ट्रेक्टर बरामद गरेका छन।जंगल बाट अबैध रुपमा काठ फडानी गरी ना ५ त ३९५४ र ना ७ त २०२७ नं को दुई वटा ट्रयाक्टरमा लोड गरी ल्याउदै गरेको अवस्थामा बरामद गरिएको छ।

अन्दाजी मुल्य १३ लाॅख बराबर को काठ र ट्रयाक्टर सहित ४० वटा गोलीया करिब.१५० क्यु फिट सिमल,कपोक,को काठ बिओपि भिखमपुरबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङ को नेतृत्वमा रहेको टोलीलाई देखि ट्रयाक्टर र काठ छाडी भागेको थियोे । बरामद गरिएको काठ र ट्रेक्टर आवश्यक कारवाहीको लागी सेक्टर बन कार्यालय बसन्तपुर सेढुवा पठाएको सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खडका ले जनाएका छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close