
बीरगंज,असोज ०९ गते शुक्रबार ।
नेपाल वैश्य युवा संघ पर्साले शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई ज्ञापन -पत्र बुझाएको थियो ।
केन्द्रिय करागार सुन्धारामा रहेको रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालिका ५ का रामलखन जयसवालको परिवारजनले कोरोनाले मृत्यु भएको हुन सक्ने भन्दै विर अस्पतालले शरिरवाट आखाँ चोरेको आरोप लगाएपछि घटना वाहिर आएको हो ।
शंकाष्पद मृत्यु भएकाले कोरोना भन्दै मृत शरिरलाई छोपेर राखेको तर मृतक जयसवालकी छोरीलाई शंका लाग्दा जबरजस्ती हेरेपछि मृत शरिरको अनुहार चिरफार र अंगभंग गरिएको अवस्थामा देखिएको परिवारजनको आरोप छ ।
तत्कालिन वडा अध्यक्ष समेत रहेका ब्यक्तिलाई बिभिन्न आरोपमा ज्यान मुद्दा लगाई आठ वर्षदेखी केन्द्रिय कारागारमा राखेको र जेल सजायवाट अागामि असोज २२ गते मुक्त हुने जयसवाललाई एकाएक असोज ३ गते बिरामी भएको भन्दै अस्पताल लगेको र शंकास्पद मृत्यु भएको भन्दै शव व्यवस्थापनको तयारी गरिएको थियो ।
यता नेपाल वैश्य युवा संघले तराई मधेशका विभिन्न जिल्लाहरुवाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै घटनाको निश्पक्ष छानविन गर्न मांग गरेको छ ।
घटनाको प्रकृती हेर्दा शंकाष्पद रहेको भन्दै संघका केन्द्रिय सदस्य अमिरीलाल कलवार, नेपाल वैश्य युवा संघ पर्साका अध्यक्ष सुरेश साह कानु, उपाध्यक्ष पन्नालाल प्रसाद, रञ्जित चौरसिया, पन्नालाल साह, बीरेन्द्र साह लगायतले जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै निष्पक्ष छानबिन गरी दोषी उपर कारवाही गर्नुपर्ने मांग ज्ञापनपत्र मार्फत बुझाइएको अध्यक्ष कानुले बताउनु भएको छ।
नेपाल वैश्य युवा संघका राष्ट्रिय अध्यक्ष दिलीप चन साहुले असोज २२ गते कारागार मुक्त हुने बेलामा जसवाललाई नियोजित रुपमा मारेको भन्दैं छानबिन र दोषी माथि कार्वाही नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन।




