
बिरगंज , असोज ०८ गये बिहीबार ।
डा. गोविन्द केसिको जुम्ला देखि काठमान्डौ सम्मको १९ औं सत्याग्रह को समर्थनमा बिरगंज पर्साका समर्थकहरुद्वारा बिहीबार दिउसो ४ बजे देखि ५ बजे सम्म घण्टाघरमा अबिरल वर्षामा पनि शान्तिपूर्ण प्रदर्शन गरेको थियो ।
सो समर्थन कार्यक्रममा डा. जगदीश अग्रवाल, डा. गणेश कुमार अग्रवाल, जसपाल सिंह, हरेन्द्र पटेल , लालबाबु सिंह , कमल चौगाइ , हेमचन्द्र यादव, अभिनाश झा, केदार गुप्ता, प्रवेश डगोंल तथा सर्वसाधारणहरुको उपस्तिथी रहेको थियो।
सहभागीहरुले डा. केसि का माग अंकित प्लेकार्ड सहित केसिको माग पूरा गर , केसिको जीवन रक्षा गर , अनसन मेडिकल माफियालाई टेन्सन , कर्णाली बिज्ञान प्रतिस्ठानमा एमबिबिएस पढाई तत्काल सुरु गर र हाम्रो स्वास्थ हाम्रो हातमा हामी डाक्टर केसिको साथमा भन्ने माग सहितको प्लेकार्ड सहित अबिरल बर्षातमा रुझी रुझी प्रदर्शन गरेको जसपाल सिंहले पर्सा पोस्टलाई जानकारी गराउनु भएको थियो ।




