हेटौंडा बजार अनुगमन , उपभोक्तालाई बढी मुल्य लिने ३ पसललाई कार्वाही र जरिवाना २ लाख ४० हजार असुली ।

हेटौंडा , असोज १६ गते शुक्रबार ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज पर्साको निमित कार्यालय प्रमुख जित बहादुर भण्डारीको नेतृत्वमा शुक्रबार हेटौंडा बजार अनुगमन भएको थियो ।

उधोग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयक हेटौंडा, जिल्ला प्रहरी कार्यालय हेटौंडा र मकवानपुर उधोग वाणिज्य संघको प्रतिनिधि सहितको टोलीले हेटौंडा बजारमा बजार अनुगमन गर्दा उपभोक्ता संरक्षण ऐन,२०७५ बमोजिम तत्काल तीन पसललाई कार्वाही सोरुप नगद जरिवाना गरिएको छ ।

कार्वाही र जरिवानामा पर्ने घर संसार-हेटौंडा ४ लाई वस्तुको बास्तविक मूल्य भन्दा बढी मूल्य लिई बिक्री गरेको ले रु.२,००,०००/ (दुई लाख मात्र) जरिवाना गरिएको हो , त्यसै गरि राधा कृष्णा खाद्यान्न भन्डार हेटौंडा -४ मकवानपुरलाई रु.२००००/(बीस हजार) जरिवाना गरिएको थियो भने श्री वैधनाथ बाबा खाधान्न भण्डार – हेटौंडा -४ मकवानपुर लाई रु.२००००/(बीस हजार) जरिवाना गरिएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंज पर्साका सूचना अधिकारी दिलिप खंग खत्वे ले पर्सा पोस्टलाई जानकारी दिनु भयो

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close