अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ ।

बिरगंज , असोज १६ गते शुक्रबार ।

सम्मानित पर्सा जिल्ला अदालतको लागत नं.९१३ मिति २०७३।१०।१३ गतेको फैसलाले ८ बर्ष कैद र रु.६०,०००।- जरिवाना तोकिएको अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी जिल्ला पर्सा बसडिल्वा वडा नं.५ हाल परिवर्तित बीरगंज म.न.पा.वडा नं.२९ बस्ने बिरा महतोको छोरा वर्ष ४० को रामबाबु महतोलाई जिल्ला प्रहरी कार्यालय तथा मातहत व.प्र.का.श्रीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले खोज तलास गर्ने क्रममा मिति २०७७।०६।१५ गते निजकै गाउँघरमा लुकिछिपि बसी रहेको अबस्थामा फेला पारी नियन्त्रणमा लिई मिति २०७७।०६।१६ गते सम्मानित पर्सा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close