
बिरगंज, पर्सा
बिरगंज महानगरपालिका को बजार ब्यवस्थापन समिति द्वारा अनुगमन गुणस्तरीयहिन समानहरु नष्ट भएको समाचार प्राप्त भएको छ।
बिरगंज महानगरपालिकाको बजार ब्यवस्थापन तथा अनुगमन समिती को सयोजक उप मेयर इम्तियाज आलमको सयोजकतत्वमा विभिन्न निकायका प्रतिनिधिहरु बिरगंज महानगरपालिका कार्यपालिका सदस्य तथा बजार ब्यवस्थापन तथा अनुगमन समितीका सदस्य कन्हैया ठाकुर ,शाखा प्रमुख बिपिन लाल दास,गुणस्तर तथा नाप तौल कार्यलयको प्रतिनिधि आनन्द कुमार गुप्ता,जिल्ला प्रशासन कार्यालय का प्रतिनिधि गौरीशंकर प्रसाद गुप्ता,जिल्ला प्रहरी कार्यालय पर्साका प्रतिनिधि मीन बहादुर रमौली,बिरगंज उद्योग बाणिज्य संघका प्रतिनिधि मनोज कुमार दासको उपस्तिथिमा बिरगंज महानगर बजार अन्तर्गत होटेल मैजबानी,क्याफे मोका, होटेल बिकानेर,होटल अनमोल,होटल डाउन टाउन पिज्जामा अनुगमन गरिएको थियो।
जसमध्ये क्याफे मोकामा गुणस्तरीयहिन पाउरोटी पाएको र त्यो पाउरोटी नस्ट गरियो र डाउन टाउन पिज्जामा पेप्सी कोला expired भेटियो र त्यो पेप्सी पसलको अगाडी नै नस्ट गरियो र बाकी सबै पसल र होटेलहरु मा गुणस्तरयुक्त समान बिक्री वितरण गर्न आदेश दिईयो र यदि आदेश बिपरित काम भयो भने सबैलाई आउने दिनहरु मा कार्वाही हुनेछ भनी जानकारी गराएका थिए।