
आज भोलि बिरगंज महानगरपालिकाको हरेक चोकहरु मा पशु चौपायाहरु ले भरीभराउ रहेको देख्न सकिन छ।
छाडा चौपाया को कारण ले आम बिरगंज वासी लगायत सम्पुर्ण पैदल यात्रुहरु लाई सास्ती भोग्नु परिरहे को छ ।
खुला चौपायाहरु ले गर्दा सडकमा गाडीहरु समेत चलाउन खतरापूर्ण भइरहेको छ।
बिरगंज महानगर भित्रको सडकहरु को हाल उस्तै रहेको तथा अर्को तर्फ पशु चापाया सवारी साधन चलाउँदा निकै जोखिम मोलेर चलाउनुपर्ने बाध्यता रहेको सवारी चालकहरुले बताएका छन्।
महानगर ले समय मै नियन्त्रण गर्न नसकेर छाडा चौपायाको कारणले ट्राफिक ब्यवस्थापन गर्न नि कठिनाइ आइरहेको मुख्य सडकमा खटेका खट्दै आएको ट्राफिक प्रहरी भन्छ। छाडा चौपायाको कारणले ठुलो दुर्घटना न होला भन्ने भन्न सकिन्न । समयमा सम्बन्धित निकायको ध्यान जाओस् भन्ने नगरवाशी गुनासो रहेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस




