नेपाली कांग्रेस पर्साद्वारा डा. केसीको मागमा समर्थन जनाउंदै धर्ना ।(भिडियो सहित)

डाक्टर के सीले आफनो माग पुरा गर्न सरकार संग २३दिनसम्म आमरण अनशन बसेको सर्मथनमा नेपाली काग्रेस पर्साले आज २३ मिनेट सम्म बीरगंजको घण्टाघरमा धर्ना दिएका हुन ।

सरकारले डाक्टर केसीको माग पुरा नगरे सम्म भोली देखी अनिश्चितकाल सम्म उनको सर्मथनमा बीरगंजमा नेपाली काग्रेस पर्साले शान्तिी पुर्ण आन्दोलन गर्ने काग्रेस पर्साका सभापती अजय कुमार द्धिवेदीले बताउनुभएको छ । सरकारले वार्ताको माध्यमबाट चाडै भन्दा चाडै केसीको माग पुरा गर्न सरकारलाई घचघचाउनका लागी काग्रेसले धर्नामा बसेको सभापती द्धिवेदीले बताए । द्धिवेदीले संचारकर्मीहरु संग कुरा गर्दै सरकारल संग डाक्टर केसी जिवन रक्षाको माग गर्दै बार्ता गरी उहाको माग सम्बोधन गर्न सरकार संग जोरदार माग समेत गरेका छन ।

डाक्टर केसी संग सरकारले बारम्बार गरेको सम्झौता र प्रेफेसर डाक्टर केदार भक्त माध्यामाको अध्यक्षतामा आयोग गठन भएको र त्यो आयोगको प्रतिवेदनको आधारमा डाक्टर केसी संग सरकारको भएको प्रतिबेदनको आधारमा डाक्टर केसीको माग अहिलेको सरकारले यथा शिघ्र लागु गर्नुपने नेपाली काग्रेसका पुर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरीले बताउनुभयो ।

 

 

 

नेपाली काग्रेसको उक्त धर्ना कार्यक्रममा नेपाली काग्रेसका दिना गुप्ता, प्रकाश उपाध्याय, नरेन्द्र साह, श्याम पटेल, नगर अध्यक्ष भोला साह, रोशन लामीछाने, कोपीला कडेंल चौरसिया, जि.पि.कोइराला फाउन्डेसन कोषाध्यक्ष मनोहर साह,बि.पि.युवा नेतृत्व मञ्चका जिल्ला सभापति हरिन्द्र यादव,ने.वि.संघका जिल्ला सदस्य राहुल गुप्ता लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close