
बिरगंज , असोज २७ गते मंगलवार ।
गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साको कोषाध्यष मनोहर साहद्वारा आज आफ्नो पदबाट राजिनामा दिनु भएको छ ।
कोषाध्यक्ष पदमा कार्यरत रही आफूले सके सम्म यस फाउण्डेशनको विधान संगत रही इमानदारीताका साथ काम काज गर्दै आइरहेको सर्वविदितै छ तसर्थ अब उपरान्त मेरो आफ्नै कार्य व्यस्थताको चाप एवंम जिम्मेवारी बढेको कारणले आजैको मितिबाट लागु हुने गरी गिरिजा प्रसाद कोइराला फाण्डेशन पर्साको कोषाध्यक्ष पदबाट स्वविवेक राजीनामा दिइएको जानकारी गराउँदछु साथै कुनै परिस्थीतीमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साले आवश्यकता महशुस गरी कुनै जिम्मेवारी दिइएमा सो कार्य एवंम कामको जिम्मेवारी इमान्दरीताका साथ गर्ने बताए ।त्यसै गरि यस फाउण्डेशनको कोषाध्यक्ष पदमा बसी कामकाज गर्दा गर्दैको बेला कुनै पदाधिकारी एवंम फाउण्डेशका सदस्यहरुलाई मेरो कामकाजले कोइ वा कसैलाई दुःखी वा असन्तुष्टी हुन गएकोमा क्षमा समेत माग्दै पुन सो फाउण्डेशको उत्तरो उत्तर प्रगतीको कामना समेत दिएका थिए ।




