विश्वेसर प्रसाद कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा कांग्रेस पर्साले जिल्लाभरमा १५ हजार बिरुवा रोपने

वीरगंज, पर्सा

विश्वेसर प्रसाद कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस पर्साले जिल्लाभरमा १५ हजार वटा बिरुवा रोपने भएको छ।

नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय विश्वेसर प्रसाद कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस पर्साले जिल्लाभरमा १५ हजार वटा बिरुवा रोपने भएको छ ।

गत असार ११ गते बसेको कांग्रेस पर्साको जिल्ला कार्य समितिको बैठकले ४१ औं विपी स्मृति दिवसको अवसरमा साउन ६ गते पर्सा जिल्लाका सबै ११२ वडामा गरि १५ हजार विरुवा रोप्ने निर्णय गरेको हो ।

कांग्रेस पर्साले ४१ औं विपी स्मृति दिवस सप्ताह व्यापी रुपमा मनाउने निर्णय पनि गरेको बुधबार पार्टी कार्यालयमा आयोजित भेलामा कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले जानकारी दिए ।

जस अन्तर्गत साउन ६ गते जिल्लाका १४ वटा पालिकाका ११२ वटै वडामा वृक्षारोपण गर्ने उनले बताए ।साउन ६ गते ११२ वटै वडामा वृक्षारोपण कार्यक्रम गरेर हरेक वडामा कम्तिमा १ सय भन्दा बढी विरुवा रोप्ने कार्यक्रम रहेको उप-सभापति कुर्मीले जानकारी दिए ।

यसका साथै साउन ७ गतेदेखि हरेक वडामा संगठन सुदृढिकरण अभियान सञ्चालन गरिने तथा संगठन सुदृढिकरण अभियान साउन महिनाभरि चल्ने जसअन्तर्गत हरेक वडामा अगुवा कार्यकर्ता भेला गर्ने , वडा कार्य समितिको कार्यालय स्थापना गर्ने , वडा कार्यसमितिको नियमित बैठक गर्ने जस्ता कार्यक्रमहरु रहेको उप-सभापति कुर्मीले बताए ।

त्यस्तै क्रमशः नगर÷गाँउपालिका सम्मेलन , प्रदेशसभा निर्वाचन क्षेत्र भेला , प्रतिनिधीसभा निर्वाचन क्षेत्र भेला र साउन मसान्त भित्रै जिल्ला सम्मेलन गरिने उपसभापति कुर्मीले जानकारी गराए ।

वृक्षारोपण कार्यक्रम र संगठन सुदृढिकरण अभियानका लागि जिल्ला कार्य समितिले हरेक वडामा जिल्ला प्रतिनिधी खटाइसकेको कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले जानकारी दिए ।

बुधबार कांग्रेस जिल्ला सभापति क्षेत्रीको अध्यक्षतामा भएको अगुवा कार्यकर्ता भेलामा जिल्ला उपसभापतिद्वय रामनारायण कुर्मी र अशोक गुप्ता ,जिल्ला सचिवद्वय दिनेश चौधरी,बिरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलम , सहसचिव नवीन सिंह , कोषाध्यक्ष प्रेम बहादुर थापा, जिल्ला सदस्य श्याम कुमार पोखरेल, धु्रव नेपाल, प्रकास कुमार उपाध्याय,श्याम पटेल, द्वारिका महतो, जितेन्द्र ढकाल,जगत राउत कुर्मी,माधव प्रसाद राउत,फजिल मिया,शैलेन्दर कुमार यादव,गमहिरा साह,बिजय गौरो,सबनम खातुन लगायतको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close