
बारा , जितपुर सिमरा, कार्तिक ०५ गते बुधबार ।
बारा जिल्ला जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.०२ स्थित तराई धर्मकट्टा अगाडि आज बुधबार अन्दाजी बिहान ९:३० बजे वीरगंज पथलैया सडक खण्डमा इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलीले सवारी साधन तथा यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा वीरगंजबाट नारायणघाट जादै गरेको ना ६ ख ८९३८ नं.को यात्रु बाहक बसमा सवार यात्रु तथा सामानहरु चेकजाँच गर्ने क्रममा बसको पछाडि सिटमा बसेका जिल्ला रौतहट साबिक गा.वि.स.बसविटी जिंगडीया वडा नं.१ हाल गरुडा नगरपालिका वडा नं.८ बस्ने राम एकवाल महराको छोरा वर्ष २७ को हरि रामलाई ५ (पाँच) वटा पोका भित्र नाईट्राभेट-१० लेखिएको ५० (पचास) पत्तामा जम्मा १५००/-(पन्ध्र सय) पिस ट्याबलेट र १७ पोकामा नुफिन लेखिएको ८५०।– (आठ सय पचास) पिस, फेनारगन लेखिएको ८५०।– (आठ सय पचास) पिस र डाईजेपाम लेखिएको ८५०।- (आठ सय पचास) पिस गरी जम्मा २,५५०।– (पच्चिस सय पचास) एम्पुल अवैध लागू औषध आफ्नो साथमा बोकि ल्याएको झोला भित्र लिकाई छुपाई राखेको अवस्थामा फेला पारी पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको बारा प्रहरीले जनाएको छ ।




