नेकपाका पर्सा जिल्ला सदस्य तथा बिन्दवासिनी गाउँ पालिका सचिव मुकेश चौरसियाको हत्यारालाई कारवाही गर भन्दै नेकपा पर्साद्वारा जिल्ला प्रहरी कार्यालय अगाडि मौन धारण कार्यक्रम ।

अजित भुजेल

बीरगंज, कार्तिक ०९ गते आइतबार ।

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) पर्साले कार्तिक ०६ गते बिहीबार बिन्दवासनी गाउपालिकामा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा पर्सा जिल्ला सदस्य तथा बिन्दवासिनि गाउँ पालिका सचिव मुकेश चौरसियाको हत्या भएको थियो ।

हत्या भएको चौरसियाको हत्यारालाई पर्सा प्रहरीले संरक्षण गरेको भन्दै दोषीलाई अबिलम्ब पक्राउ गरि कार्वाही गर्न दबाब स्वरुप आइतबार दोस्रो दिन नेकपा पर्साले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि मौन धारण कार्यक्रम गरेको थियो ।

मौन धारण कार्यक्रममा रहबर अंसारी, बिचारी यादव , शम्भु गुप्ता, जयलाल शाह, अहसान अंसारी,अरुण यादव , लगायतका नेता कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो !

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close