
अजित भुजेल
बिरगंज , कार्तिक १९ गते बुधबार ।
बिरगंज महानगर पालिका भित्र रहेको सघन सहरी तथा भवन निर्माण कार्यालय , पर्सा अन्तर्गत सन्चालनमा रहेको सम्झौता स्वच्छन्द पप्पु युनाइटेड बिल्डर्स जे.भि.ले विभिन्न सडकको छुट्टाछुट्टै पेटि ठेकेदारहरु सङ्ग सम्झौता गरि माम गर्दै आएको कामको पाचौं रनिङ बिल सम्मको हिसाब नगरी जथाभावी चेक काटी आफ्नो प्रतिनिधि मार्फत चेक दिने गरेको तर छैठो रनिङ बिलको रकम दिनु पर्ने प्रमोद निर्माण सेवालाई रु. ७३,४६,७४९/- मध्य ३७,००,०००/- पटक पटक गरि दिएको र बाकी रहेको रकम रु. ३६,४६,७४९/- र श्री ग्लेमर नेपाल फर्मलाई रु.४४,००,०००/- दिनु पर्नेमा रु.२१,००,०००/- मात्र पटक पटक गरि गरि दिएको र बाकी रकम रु.२३,००,०००/- माग्न जादा अनेक बाहाना बनाई गुन्डागर्दी र बैईमानी नियतले पेमेन्ट नगर्ने र उल्टो धम्क्याउने र यश सम्बन्धमा जिल्ला प्रशासन कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरमा पटक पटक प्रतिनिधि आई छलफल गरे पनि पेमेन्ट नदिएको , फर्मका प्रोप्राईटर सुमित रौनियारलाई आउन आग्रह गर्दा पनि नआउने र फोन पनि नठाउने र सातौं रनिङ बिलको लागि हामी पेटि ठेकेदारहरुले कपाली कागज गरि ग्रेभल ,गिटि , बालुवा , सिमेन्ट , छडको लागि चेक दिई काम गरेकोले सो कपाली कागजातवाला र चेक लिएको पार्टीहरु ल्ले हामी माथि मुद्दा गर्ने त्र हाम्रो घरमा ताल्च्लगाउनका लागि दिनहु घर धाउने गरेकोले हामीले बाध्य भएर साईडको कार्य ठप्प / बन्द गर्नु परेको र अब आत्महत्या गर्नु बिकल्प नरहेको बुधबार पत्रकार सम्मेलन गरि पीडितले सो कुरा बताए ।




