
राहुल गुप्ता
पर्सा — जगरनाथपुर गाउँपालिका वडा नं. १ अन्तर्गत टोल पिडारीस्थित करिब ८ बिघा खाली एलानी जग्गामा आज एक बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री माननीय रमेश रिजाल रहनुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय जनार्दन सिंह क्षेत्री तथा प्रतिनिधि सभा सदस्य श्री शंकर चौधरीको पनि विशेष उपस्थिति रहेको थियो।
उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको हो। वृक्षारोपण कार्यक्रममा नेपाल प्रहरी पर्साका एसपी गौतम मिश्र, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सामाजिक अगुवा, स्थानीयवासी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
हरियाली विस्तार, वातावरणीय संरक्षण तथा भावी पुस्ताका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माण गर्ने उद्देश्यले यो वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम “श्री नरसिंहदास बाबा हरियाली सप्ताह” अन्तर्गत सम्पन्न गरिएको हो।




