नागरिकता संशोधन बिधेयक मधेस बिरोधि रहेकोले यसलाई खारेज गर्नु पर्छ :- जसपा नेता यादव

बिरगंज , असार ०९ गते मंगलवार ।

जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनरेश यादवले नेकपाको दुई तिहाईको सरकारले नागरिकता सम्बन्धि ल्याएको संशोधन बिधेयक मधेसी बिरोधि रहेकोले यसलाई खारेज गर्नु पर्ने बताउनु भयो।

बिरगंजको घन्टाघरमा मंगलवार जनता समाजवादी पार्टी नेपाल पर्साले आयोजना गरेको बिरोध कार्यक्रममा सो जानकारी गराउनु भएको थियो ।उहाले यो बिधेयकले नेपाल भारत बीचको सम्बन्ध बिगार्ने काम गरेको र यसलाई नसच्याए सम्म सडक र सदन दुबै ठाउबाट सघर्ष जारी राख्ने समेत बताउनु भयो ।

बिरोध कार्यक्रममा नागरिकता संशोधन बिधेयक खारिज गर , महिला बिभेद / अत्याचार गर्न पाईदैन , नागरिकताबाट बन्चित गर्न पाईदैन , केपि ओलि तेरो पाराले दु:ख पायो साराले , हाम्रो आन्दोलन जारी छ , मधेसी माथि अत्याचार बन्द गर , रोटि बेटिको सम्बन्ध बिगार्न पाईदैन , कोरोना महामारी नियन्त्रण गर , १० अर्बबाट ध्यान हटाउन पाईदैन , १० अर्ब खोई , बैवाहिक अंगिकृत नागरिकताको ७ बर्षको प्राबधान खारेज गर लगायतका नारा लेखिएको प्लेकार्ड सहित नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका थिए ।

 

 

प्रदर्शनमा जसपाका नेता राजेशमान सिंह , प्रेमबाबु पटेल , सुन्दर कुर्मी , पुरुषाेतम झा , शशिकपुर मिया, , तबरेज अहमद , रमतुल्लाह खान , ओमप्रकाश सरार्फ ,ईश्वर यादव , महिला नेतृ मोनिका सिंह , रम्भा मिश्रा , मुन्नी श्रीवास्तव , रेखा साह , लियाकत अलि , अयुब मिया, राजु गुप्ता , मधुसुदन चौरसिया ,कर्मठ बहादुर ठकुरि , शेख मक्सुद , जहिर मिया ,शेष अन्सारी , दिपक पटेल , शेख मुन्ना , लालदेव प्रसाद यादव लगायतकाको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close