लागु औषध ६०० एम्पुल सहित मानिस र अटो नियन्त्रण ।

बिरगंज , माघ १६ गते शुक्रबार ।

जिल्ला पर्सा बिरगंज म.न.पा.१९ बर्वा स्थित जिल्ला प्रहरी कार्यालय पर्सा र मातहत ई.प्र.का. पोखरीयाबाट खटी गएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ना १ ह ४६४४ नं.को अटोलाई चेकजाँच गर्दा अटोमा लोड गरेको पिठोको बोरा र कपडाको झोलामा लुकाई छिपाई ल्याएको लागु औषध फेनारगन, नुर्फिन र डाइजोपाम ६०० एम्पुल फेला परेकोले उक्त अटो, अटो चालक र सोही ठाउँ पकहामैनपुर गा.पा.१ धोरे बस्ने बर्ष २८ जलान्धर दास र अटोमा सवार सोहि ठाउमा बस्ने बर्ष २० को जय प्रकाश मेहतालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको पत्रकार सम्मेलनमा जानकारी गराउनुको साथै सार्वजनिक समेत गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close