अवैध भारतीय रुपैया सहित बिरगंज स्थित मनोकामना मनि चेन्जरका संचालक गोपाल प्रसाद सोनार पक्राउ ।

बिरगंज , माघ १८ गते आइतबार ।

विदेशी मुद्राको अवैध कारोबार भइरहेको छ भन्ने बिशेष सुचनाको अाधारमा जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.०९ स्थित रहेको मनोकामना मनी चेन्जरमा लुकाई छिपाई राखेको छ भन्ने प्राप्त सुचना अनुसार शनिबार दिउसो २ बजे जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले मनोकामना मनी चेन्जरमा चेन्जरका संचालक गोपाल प्रसाद सोनारलाई फेला पारी खान तलासी गर्दा प्रतिवन्धित भारतीय रुपैया रु.५००को नोट १११५ थानमा रु.५,५७,५००।– (पाँच लाख सन्तावन हजार पाँच सय ) प्रतिवन्धित भा.रु.२०० को नोट ७० थानमा रु.१४,०००।– (चौध हजार) साथै प्रतिवन्धित उक्त भारतीय नोटहरुसंगै गैह्र कानूनी रुपमा कारोबार भईरहेको भा.रु.१०० को नोट ४१ थानमा रु.४१००।– (चार हजार एक सय), भा.रु.५० को नोट १७० थानमा रु.८५००।– (आठ हजार पाँच सय ) गरी जम्मा भारतीय रुपैया जम्मा रु.५,८४,१००।– (पाँच लाख चौरासी हजार एक सय) र नेपाली रुपैया रु.१००० को नोट २४० थानमा रु.२,४०,०००।– ( दुई लाख चालीस हजार ), नेपाली रुपैया रु.५०० को नोट रु.२७० थानमा रु.१,३५,०००।– (एक लाख पैतीस हजार ), नेपाली रु.१०० को नोट ८५ थानमा रु.८,५००।– (आठ हजार पाँच सय ), नेपाली रुपैया रु.५० को नोट १३८ थानमा रु.६,९००।– (छ हजार नौ सय ), नेपाली रु.२० को नोट ४५ थानमा रु.९००।– (नौ सय ), नेपाली रु.१० को नोट ५१ थानमा रु.५१०।– (पाँच सय दश), र नेपाली रु.५ को नोट ५६ थानमा रु.२८०।– (दुई सय असी ) गरी जम्मा नेपाली रुपैया रु.३,९२,०९०।– (तिन लाख बयान्वे हजार नवे ) र ९८४५०९८५०१, ९८१७२९३१३१ नम्बरको सिमकार्ड सहितको Samsung Company को स्क्रिन टच मोबाईल थान १ बरामद गर्नुको साथै निज गोपाल प्रसाद ‍सोनारलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको र अन्य अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close