हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ ।

कैलाली , असार २४ गते बुधबार ।

जिल्ला कैलाली चुरे गाउँपालीका वडा नम्बर ६ भावर बस्ने बर्ष २३ को गणेश बहादुर ऐरले आफ्नै हजुरआमा बर्ष ७५ की पार्वती देवी ऐरलाई असार २३ गते मंगलवार हत्या गरेको भन्ने जानकारी असार २४ गते बुधबार बिहान ०८:४० बजेको समयमा ईलाका प्रहरी कार्यालय फल्टुडेमा प्राप्त हुनासाथ प्रहरि निरीक्षकको कमाण्डमा टोली खटिई घटना सम्बन्धमा प्रारम्भिक अनुसन्धान गर्दा मिति २०७७।०३।२३ गते दिउसो अन्दाजी १५:०० बहेको समयमा घरमा कोही नभएको मौका छोपी नाति गणेशले हजुर आमालाई फलामको रडले घाटीमा प्रहार गरी घाईते बनाई घरको पश्चिम पट्टी रहेको अरहरको बारीमा लगी धारिलो हतियार (दाउ) ले घाटीमा प्रहार गरी हत्या गरी सोही बारीमा अरहरको झारले लाशलाई छोपी राखेको अवस्थामा फेलापारी निज गणेश ऐरलाई आफ्नै घरबाट पक्राउ गरी घटनामा प्रयोग गरेको फलामको रड र धारिलो हतियार(दाउ) समेत बरामद गरी आवश्यक अनुसन्धान कार्य भई रहेको कैलाली प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close