
बिरगंज , माघ २१ गते बुधबार ।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी मिलनचोक पर्साबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा जिल्ला पर्सा बिरगंज म.न.पा.वडा नं.२९ मुसौली स्थित सडक खण्डमा दुई जना पुरुष व्यक्तिहरु मोटरसाईकल हाकी चलाई आईरहेको अवस्थामा निजहरुलाई रोक्न खोज्दा निज व्यक्तिहरु प्रहरी टोलीलाई देख्ने वित्तिकै मोटरसाईकल घुमाई भाग्न खोज्दा सोही मो.सा. पछाडी बसेको पुरुष व्यक्तिलाई पछाडीबाट समाती ओराली नियन्त्रणमा लिएको र मो.सा. चालक मो.सा. सहित भागी फरार भएको र मो.सा. पछाडी बसेको व्यक्तिलाई नियन्त्रणमा लिई नामथर वतन सोधपुछ गर्दा जिल्ला पर्सा पटेर्वासुगौली गा.पा. वडा नं. ३ बस्ने सतन साह सोनारको छोरा वर्ष २८ को जादु साह सोनार भनि बताएको र निजको शरिर खानतलासी गर्दा निजको साथबाट लागु औषध चरेश ५६० ग्राम फेला परेको हुँदा निज जादु साह सोनारलाई नियन्त्रणमा लिई प्रहरी कार्यालयमा ल्याई अनुसन्धान कार्य भइरहेको र फरार रहेको मो.सा. चालक र मो.सा.को खोज तलास कार्य भईरहेको पर्सा प्रहरीले जनाएको छ ।




