वीरगञ्ज–रक्सौल नाका खोल्न माग गर्दै गृह मन्त्रालयलाई कांग्रेसको ज्ञापनपत्र( भिडियो सहित )

फागुन ०६ बिरगंज पर्सा
नेपाली कांग्रेस पर्सा द्वारा प्र.जि.अ लाई ज्ञापन पत्र बुझाएको छ सो ज्ञापन पत्रमा नेपाल सरकारले covid 19 को महामारीको अवस्थामा बंद रहेको सीमा नाकाहरुलाई खोली सहज रुपमा आवत जावतलाई व्यवस्थित गर्ने निर्णय गरिसकेको भएता पनि बिरगंज रक्सौल (भारत) लगायत यस जिल्लामा अन्य सिमा नाकाहरु हाल सम्म पनि सहज सवारी साधन संचालन नभएको हुँदा यस भेगका उधोगी ब्यवसायी पर्यटक तथा सर्वसधारन आम जनतालाई समेत दिनानुदिनको काम काज र आवत जावत गर्न असहज स्थिति ब्यहोर्नु परेको प्रति नेपाली कांग्रेस पर्साले गंभीर ध्यानआकर्षण गराउदै यथा सीघ्र नाका पूर्ण रूपले सुचारू गर्ने नेपाली कांग्रेस पर्साका सचिव किशोरी साह कानूले ज्ञापन पत्र बाचन गरेका थिए भने पार्टी सभापति अजय कुमार द्विवेदीले ज्ञापन पत्र प्र.जि.अ आसमान तामाङलाई बुझाउनु भएको थियोl

सो कार्यक्रममा उप-सभापति दीना प्रसाद गुप्ता सचिव श्याम पटेल पर्सा गढ़ीका मेयर लोक नारायण यादव बीरगंज महानगरपालिका का उप मेयर शांति कार्की नेता नरेंद्र साह बिजय उपाध्याय, अरबिंद गुप्ता,रबी चौरसिया,मनोहर कुमार साह,बद्री नारायण तिवारी,बिजय पौडेल,महिला संधकी अध्यक्ष बिद्या श्रेष्ठ,उत्तमा पोखरेल,रूपा देबि श्रेष्ठ,किरण सरकार मिंटू देबि सिंह,मीकू सिंह,यूथ कांग्रेस नेपालका प्रदेश सदस्य राहुल कुमार गुप्ता लगायत नेता कार्यकर्ताहरू को उलेखनीय उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close