लायन्स क्लब अफ बिरगंजले सडक दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्याउन १० वटा ट्राफिक डमि जिल्ला ट्राफिकलाइ हस्तान्तरण ।

अजित भुजेल

बिरगंज , फागुन १२ गते बुधबार ।

ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने उदेश्यले लायन्स क्लब अफ बिरगंजले १० वटा ट्राफिक डमि हस्तान्तरण गरेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई सो ट्राफिक डमि हस्तान्तरण गरेको हो।

सो हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथी बेल बहादुर पान्डेले महानगर भनेको छ , महानगरमा हुनु पर्ने पुर्वधार केही छैन , सडक दुरुस्त छैन , ट्राफिक लाईट छैन, जेब्राक्रसिङ्ग छैन, सडक अतिक्रम दिनादिन बढदै गैइ रहेको छ, पैदल यात्रुको लागि पेटिको व्यवस्था छैन , बिरगंजको ट्राफिक व्यवस्थापन निकै दयनिय छ । यो काम ट्राफिक प्रहरीको होईन , ट्राफिक चिन्ह र डमि राख्ने काम यातायात व्यवस्था कार्यालय हो।सडक साईन राख्ने काम सडक बिभागको हो।सडक दुरुस्त बनाउने काम महानगर पालिकाको हो।ट्राफिक प्रहरीले मोनिटर गर्ने काम , गल्ती गरे फाईन गर्ने र आवस्यक परे कुनै समयमा ट्राफिक व्यवस्थापन गर्ने काम ट्राफिकले गर्दछ।यसको ठेक्का प्रहरीले लिएको छैन ।राज्यले यसको लागि एक पैसा दिएको छैन , यो पैसा सबै यातायात , सडक र महानगर पालिकाले लगेको छ ।

कहाँ गयो यातायात कार्यालय , कहाँ गयो सडक बिभाग , कहाँ गयो महानगर पालिका उनिहरुको काम हो । बिरगंज महानगर पालिका र ट्राफिक प्रहरीको कुनै साईनो सम्बन्ध देख्दैन।।हामिलाई सडक दुरुस्त बनाएर दिनु पर्यो , साईन बोर्ड भएको , जेब्रा क्रस , चौराहामा ट्राफिक लाईट , सडकमा ट्राफिक साईन हुनु पर्यो।यो सबैको व्यवस्थापन गरे केही महिनामा बिरगंजमा रहेको ट्राफिक समस्या व्यवस्थीत गर्ने प्रमुख अतिथि रहनु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पान्डेले दाबी गर्नु भएको थियो ।महानगर हुनु भनेकै सडक हो ।ट्राफिक व्यवस्थापन हो।चोरी , तस्करी , सुरक्षा पछीको काम भनेको ट्राफिक व्यवस्थापन नै हो। राज्यले पनि यसमा सोच्नु पर्ने हुन्छ ।सबैको आँखा प्रहरी माथि नै छ ।गल्ती भए प्रहरीको मात्र दोष हुने भएकोले प्रहरीको मात्र एक्लो प्रयासले नहुने , जनसमुदाय , नागरिक समाज , विभिन्न संघसस्थाहरु , सन्चारकर्मीको सहयोग र सहकार्य हुनु जरुरी भएको प्रहरी उपरीक्षक पान्डेले बताउनु भयो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बिरगंज पर्सामा आज ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरण अभियान अन्तर्गत विभिन्न ठाउमा सचेतनामुलक कार्यको लागि लायन्स क्लब अफ बिरगंज , गेटवे आदर्शनगर, मिलेनियम एमजेएफ र वालकिङ्ग टिम एनएलएफको सन्युक्त सहयोगमा १० थान ट्राफिक डमि हस्तान्तरण गरेका थिए ।

प्रोग्राम संयोजन सन्जय खेतानको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पान्डे रहनु भएको थियो भने बिशिस्ट अतिथीमा जेष्ठ नागरिक पशुपति बिक्रम शाह , आरबि पान्डे , डिएन अग्रवाल , अवधेश साह , उषा शाह , गुड्डु जोशी , ट्राफिक प्रहरी निरीक्षक सुमन कार्की , सन्चारकर्मी अजित कुमार भुजेल , सन्तोषमान रन्जितकार , मन्सुर खान लगायत लायन्स क्लबका पदाधिकारीहरु र ट्राफिक प्रहरीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम सन्चालन लायन जोन चेयर प्रसन अनुप अग्रवालले गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close