पश्चिम नवलपरासीको सुनवलमा करेन्ट लागेर एक जनाको मृत्यु

उर्मिला यादव
फागुन १३
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ३ देवकोटा चोकमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सुनवल नगरपालिका वडा नम्बर ३ देवकोटा चोक बस्ने टीकाराम न्यौपानेका १४ बर्षिय छोरा सफल न्यौपाने रहेका छन ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसारआज बिहीबार बिहान साढे ६ बजेको समयमा नुहाइधुवाइ गरी घरकै फलामको तारमा कपडा सुकाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका सफलको उपचारको क्रममा बुटवलमा ज्यान गएको हो ।

घाइते भएका सफललाइ उपचारको लागी रुपन्देहीको देवदह मेडिकल कलेज भलुही पुरयाइएकोमा थप उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रिफर गरीएकोमा आज बिहान सात बजे अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close