अनलाईन ठगी गर्ने दुई जना पक्राउ ।

बिरगंज , फागुन १४ गते शुक्रबार ।

बिभिन्न मिति र समयमा IMO तथा Whats App मार्फत Lottery परेको तथा बिभिन्न किसिमका प्रलोभन देखाइ श्रीनिवास साह तेलीको सिभिल बैंक लिमिटेडको खाता नं. ०६८१०३३०९५५०१९ बाट रु.४९,५००।-, राम पुकार प्रसाद यादवको ज्योति विकास बैंकको खाता नं. ०१२०१२०००८३१०५०००००१ बाट रु. १९,५००।-, राम पुकार प्रसाद यादवको प्राईम कमर्सियल बैंकको खाता नं. ०२९००२६९PE बाट ५०,०००।– र पुजा रिमालको Esewa ID बाट ३५,०००।-, सुरेश कुमार कापरको Esewa ID बाट ३०,०००।– गरी जम्मा रु.१,८४,०००।– (एक लाख चौरासी हजार) श्याम खतिवडाको Esewa ID बाट विभिन्न मिति र समयमा रकम जम्मा गर्न लगाई ठगी गरेको भन्ने महानगरीय प्रहरी अपराध महाशाखा टेंकू, काठमाण्डौमा सुनिल सेन्चुरी भन्ने व्यक्तिले दिएको निवेदन बमोजिम यस कार्यालय बाट सुक्ष्म अनुसन्धान गर्दा उक्त ठगी कार्यमा सलंग्न रहेका भारत विहार जिल्ला पूर्वी चम्मपारण थाना रक्सौल वडा नं.२ बस्ने बर्ष ४३ को राकेश कुमार र जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.२० बस्ने बर्ष ३२ को रामपुकार प्रसाद यादवलाई मिति २०७७।११।१३ गते पक्राउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी अपराध महाशाखा टेकू काठमाण्डौमा पठाइएको पर्सा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close