
श्याम कुमार चौधरी
बारा – निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीको कार्य शैलीले गर्दा नगरपालिकाका कर्मचारी बिच ठुलो विवाद सृजना भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्कीले नगरपालिका भित्र गरेको काम कार्वाही अहिले चिया पसल देखि घर घरमा चर्चा हुन थालेको छ ।
द्धापर युगमा जसरी कृष्णले गोपिनीहरुसँग रासलिला मनाउने गथ्र्यो त्यसैगरी नै निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्की आफूलाई कृष्ण्को अवतार ठान्दै कृष्ण लिलामा वयस्थ रहेको स्थानीयहरुले आरोप लगाएका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्कीले विभिन्न फाँटमा कामगरी रहेको कर्मचारीलाई आफ्नो स्वार्थ पुरा गर्नका लागि फाँटबाट हटाई आफ्ना नजिकको कर्मचारीलाई जिम्मेवारी दिदाँ अहिले नगरपालिकामा भ्रष्टचारी मौलाएको नगरबासीको आरोप रहेको छ ।
प्रमुख प्रशासकीय अधिकृत कार्कीले गरेका हरेक क्रियापलापलाई नगर प्रमुख सुरेश खनालले बढावा दिएका कारण नगरपालकामा भ्रष्टचारी मौलाएको बारे ंनगरपालिकाका एक कर्मचारीले नाम नछाप्ने शर्तमा जानकारी दिए ।
त्यती मात्र नभई प्रमुख प्रशासकीय अधिकृत कार्की तथा नगर प्रमुख खनालको एकल निर्णयले नगरपालिकाले लगाउदै गरेको गिट्टी बालुवाको ठेक्का आगामी आर्थिक वर्षको भाद्र मसान्तसम्मको लागि ठेक्का दिएकाले सजिलै अनुमान गर्न सकिन्छ कि नगरपालिका भित्र भ्रष्टचारी मौलाई सकेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्कीले गरेका गतिविधीलाई नगरपालिकाका जनप्रतिनिधीले ढाकछोप भईरहदाँ कतै जनप्रतिनीधीहरुले समेत त नाजाराना बुझेको त हैन भनेर प्रश्न उठिरहेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्कीले विगतमा नियम विपरित कर्मचारी नियुक्ती गरेपछि प्रमुख जिल्ला अधिकारीले गरेको निर्देशन पछि कर्मचारी हटाए ।
साथै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्कीले नगरपालिकाका लेखा प्रमुखलाई तनाव दिनको लागि लेखामा रहेका कर्मचारीलाईृ फाँट परिवर्तन गरी राजश्व शाखामा फालिएका छन् ।
राजश्व शाखामा करारको कर्मचारी राख्न नपाउने नियम रहे तापनि करारको कर्मचारीलाई राजश्व शाखा सरुवा गर्नुको कारण कतै नगरपालिकाले गरेको भ्रष्टचार लुकानउ खोजेको त त हैन भनी नगरबासीले शंका गरीरहेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत कार्की उपर लागेका आरोपहरु
कार्यपालिकाबाट निर्णय नै नगरी आगामी आर्थिक वर्ष २०७८÷७९ को भाद्र महिना सम्म बालुवा गिट्टीको ठेक्का लगाएका छन् । नगरको कार्यपालिकाबाट निर्णय नै नगरी नगर प्रमुख खनाल तथा प्रमुख प्रशासकीय अधिकृत कार्कीले ठेक्का लगाउनु कानुन विपरित रहेको नगरपालिकाका एक कर्मचारीले बताएका छन् ।
त्यसैगरी कार्यकारी अधिकृत कार्कीको सरुवा भई सकेको अवस्थामा पनि नगर प्रमुख खनालले कार्यकारी अधिकृतको सरुवा रोक्न खोज्नु र अर्का कार्यकारी अधिकृतलाई आउन नदिनु पछाडी आर्थिक चलखेल रहेको स्थानीयको आरोप रहेको छ ।
यसैगरी कार्यकारी अधिकृतले नगरपालिकाको बोर्डबाट लेखा सहायकमा नियुक्ती गरेको व्यक्तिलाई कार्यालय सहयोगी भनी पत्रचार गर्नु जस्ता कार्यले उनमा दम्भ र कर्मचारीबिच शोसकको रुपमा रहेको कर्मचारीहरुको आरोप रहेको छ ।
साथै करारको कर्मचारीलाई राजश्व फाँट दिने कानुनी प्रावधान नहुदाँ हुदै एकल निर्णय गरी कर्मचारीलाई दमन गरेको विरुद्ध नगरपालिकामा व्यापक विरोध भएको छ । यसैप्रकार कार्यकारी अधिकृत कार्की कृष्ण लिलामा मस्त रहेको देख्दा निजगढ नगरपालिका नै दुर्गन्धीत रहेकोमा कर्मचारीहरु दुखित रहेका छन् ।
नगर प्रमुख खनाल माथी उठेका प्रश्न
प्रमुख प्रशासकीय अधिकृत कार्कीको कृष्ण लिलाबाट सम्पूर्ण निजगढ नगरबासीहरुले आपती जनाई रहेको अवस्थामा नगर प्रमुख खनालले कार्यकारी अधिकृतको तिन तिन पटक सरुवा भईसकेको अवस्थामा पनि सरुवा रोक्न खोज्नुको रहस्य के हो ?
त्यसैगरी नगर प्रमुखको आयु अब करिब सत्र महिना रहेको अवस्थामा कार्यकारी अधिकृत र नगर प्रमुखले फोहोर मैलाको ठेक्का पाँच वर्षको लागि दिनु पछाडीको रहस्य के हो ? वार्षिक ६० लाख ठेक्केदारलाई दिई फोहोरमैला संकलन गरनउने कार्य गर्नु नगर प्रमुख खनालले गरेको निर्णय सही हो त ?
यद्यपी अन्य नगरपालिकाहरुले फोहोर मैला उठाउन ठेक्का लगाउदाँ ठेकेदारलाई कुनै रकम दिने गरेका छैनन् ।