पर्सा प्रहरीले विभिन्न मिति र समयमा हराएका ११ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझायो ।

बिरगंज , फागुन २३ गते आइतबार ।

जिल्ला पर्सा बीरगंज महानगरपालिका लगायत बिभिन्न स्थानहरुबाट बिभिन्न मिति र समयमा हराएका तथा चोरी भएका भनी जिल्ला प्रहरी कार्यालय पर्सामा पर्न आएको निवेदनका सम्बन्धमा आवश्यक अनुसन्धान तथा खोजतलास गर्दा बिभिन्न कम्पनीका ११ थान मोबाईल फेला परेकोमा सो मोबाईल सम्बन्धित धनिहरुलाई आज जिम्मा लगाईएको थियो भने अन्य निवेदनहरुको हकमा अनुसन्धान तथा खोज तलास कार्य जारी रहेको र फेला पार्न साथ सम्बन्धित मोबाइल धनीलाई बोलाई जिम्मा लगाउने पर्सा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close