
अजित भुजेल
०५ गते बिहीबार ।
बिरगंजको अम्ब्रेला होटेलमा माछा मासु व्यवसायी संघ पर्साको बैठक सम्पन्न भएको छ ।माछा मासु व्यवसायी संघ जिल्ला कार्य समिति पर्साको आयोजनामा मासु व्यवसायी तथा सम्बन्धित सरोकारवालाहरुको सहभागितामा विभिन्न बिषयमा छलफल भएको थियो ।छलफलमा मासु व्यवसायीहरुले नेपालीको महान पर्व होलि नजिकिए सङै मासुको खपत बढी हुने हुदा खसिको मूल्य बढदै गैइ रहेको , बिरगंजमा खसी बाख्राको हाड बजार नभएको तर छिमेकी बारा जिल्लाको कलैया र निजगढमा हाट बजार छ ।त्यसैगरि हरिऔन , लालबन्दी , लहानमा हाट बजार लाग्ने गर्दछ । बिरगंजका खसी व्यापारीहरु एकै बिहान ४ बजे उठेर खसी खरिद गर्न बिरगंज बाहिर खसी हाट बजार हरिऔन , लालबन्दी र लाहान सम्म पुग्ने गर्दछ्न।
त्यहा बेलैमा नपुगे खसी पाउदैन भने पाईहाले पनि महगोमा खरिद गर्नु पर्ने बाध्यता छ ।त्यसमा पनि हाट बजारका ठेकेदारहरुले प्रती खसीको रु. २००/- लिई पुर्जा ( बट्टि ) काटेर दिन्छन् भने भेटनरीले रु.५०/- को रसिद काटेर लिने गरेको र २-४ वटा खरिद गरेको खसी बसमा राखी बिरगंज ल्याउदा प्रहरीले दु:ख दिने , फ्याट बिल माग्ने , अन लाईन बिल माग्ने , बसको डिक्कीमा किन हालेर ल्याएको यो खसी भन्सार वा क्वारेन्टाइनमा बुझाउने धम्कि दिने गरेकोले मासु व्यवसायिहरु धेरै मार्कामा परेकोले सो समस्याको समाधान हुनु पर्ने माग राख्दै सम्बन्धीत सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएका थिए ।
त्यसै गरि एउटा खसी काटदा २ केजि बोसो ( तेल) निस्कन्छ , बोसो लिन ग्राहक मान्दैन।त्यही मासु निजगढ बजारमा , मकवानपुर बजारमा , हरिऔन बजारमा छाला सहित मिक्स मासु सबै मिसाएको मासु रु.१०००/- मा बिक्री गर्ने गरेको तर त्यही मासु हामी व्यापारीले छाला निकाली नमिसाएको मासु रु.१०००/- प्रती केजिमा बिक्री गर्दा नोक्सानी व्यहोर्नु परेकोले होलि पर्वमा मासुको मुल्य बृद्रि गर्नु पर्ने व्यवसायीको भनाई रहेको थियो ।
त्यसैगरी वडा न.३ का वडा अध्यक्ष बैजु स्वर्णकारले बिरगंज महानगरमा एउटा पनि खसी हाट बजार नभएको हुदा व्यापारीलाई धेरै गार्हो भएको स्विकार गर्दै तपाईहरु भिजन लिएर महानगर पालिका आउनुस हामी त्यसमा सहयोग गर्न तयार रहेको बताउनु भयो ।त्यसैगरि हालै कोभिडको कारण जनताको आर्थिक अवस्था कमजोर भएको र लकडाउनको बेला व्यापारीले रु.९००/- प्रती केजि पर्ने मासु रु.१०००/- देखि १२००/- सम्ममा बेचेका थिए भने अब बढाए आम उपभोक्ता समस्यामा पर्ने भएकोले तत्काल नबढाउन आग्रह समेत गरेका थिए ।
त्यसैगरि नेपाल बार एसोसिएसन पर्साका निबर्तमान अध्यक्ष सालिकग्राम प्रसाद साहले बिरगंज महानगर पालिकाले बिरगंजको मिनाबजार टेन्डर प्रक्रियाबाट ठेकेदारलाई दिएको र ठेकेदारले आफुखुशी महगोमा घरभाडा लिने गरेकोले व्यापारीले बाध्य भएर मासु तथा तरकारी र फलफुलको मूल्य बृद्वि गर्दा आम उपभोक्ता मारमा परेकोले यसको लागि सम्बन्धीत निकायले बेलैमा ध्यान दिन जरुरी रहेको समेत बताए ।
छलफल कार्यक्रममा बिरगंज महानगर पालिका वडा न.३ का वडा अध्यक्ष बैजु स्वर्णकार , वडा न.४ का वडा अध्यक्ष जगत साह कानु , जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा नारायण प्रसाद आचार्य , नेपाल पत्रकार महासघ पर्साका उपाध्यक्ष अनुप तिवारी , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी सहायक निरीक्षक चन्द्रकिसोर झा , उपभोक्ता हित संरक्षण मंच बिरगंज महानगर अध्यक्ष अजित भुजेल , नेपाल बार एसोसिएसन पर्साका निबर्तमान अध्यक्ष एवं अधिवक्ता शालिकग्राम प्रसाद साह , माछा मासु व्यवसायी संघ पर्साका उपाध्यक्ष कुन्दरत रहिम लगायतकाको उपस्थिति रहेको थियो ।
माछा मासु व्यवसायी संघ पर्साका अध्यक्ष ग्यासुमिया अन्सारीको अध्यक्षतामा भएको सो कार्यक्रम सन्चालन सचिब ग्यासुमिया देवानले गर्नु भएको थियो ।




