
काठमाडौं , चैत्र ०७ गते शनिबार ।
चक्रपथ सडक बिस्तारको क्रममा हाल भएको प्रहरी प्रभाग तिलिङगेटार बसुन्धाराको भबन भत्किन जाने हुदा नयां भबनको आबश्यक्ता पर्ने भएकोले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत महानगरीय, नगर , प्रहरी बृत्त महाराजगंजका कार्यालय प्रमुख प्र.ना.उ रोशन खड्काको बिशेष पहलमा का.म.न.पा वडा नं.३ संग समन्वय गरी भवन निर्माण समिति गठन गरी टोखा न.पा लगायत समाजका सहयोगी हातहरुको पहलमा रु. २२,०००,००(बाईस लाख) को लागतमा निर्माण सम्पन्न भएको हो ।
नब निर्मित भबनको आज मिति २०७७।१२।०७ गते बिहान ८.३० बजे टोखा न.पा का मेयर श्री प्रकाश अधिकारी ज्यू र म.न.प्र परिसर टेकु काठमाण्डौ का प्रमुख प्र.ब.उ अशोक सिंह ज्यू बाट संयुक्त रुपमा उद्घघाटन सम्पन्न भई तिलिङगेटार बसुन्धारा प्रहरी प्रभाग भबन निर्माण समितिका अध्यक्ष श्री लोक बहादुर टन्डन ज्यू बाट चाबि हस्तान्तरण गर्नु भयो ।
उक्त कार्यक्रममा सहयोगी दाताहरु , स्थानिय निकाय प्रतिनिधिहरु , समाजका सामजसेबिहरु बुद्विजिबिहरु निर्माण समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । साथै उक्त कार्यक्रममा सहयोगी दाताहरुलाई समितिको तर्फबाट र निर्माण समितिलाई प्रहरी कार्यालयको तर्फबाट सम्मान गरी सम्मान पत्र प्रदान गरीएको थियो ।