कोरोना भाइरसलाई खेलाँची नठानौं, सर्तक बनौं

विगत केही समय अघिदेखि घट्दो रुपमा रहेको कोरोना भाइरस फेरि दोहोरिन लागेको संकेत देखिएको छ ।

छिमेकी देश भारतमा कोरोना भाइरस बढेसंगै नेपालमा पनि खुल्ला सिमानाका कारण यसप्रति सबै सचेत र जागरुप रहनु पर्ने देखिएको छ ।

कोरोनाका कारण देखाई पुनस् नेपालमा लकडाउन गर्ने खेल सरकारले गर्नु हुँदैन ।

गत वर्ष गरिएको लकडाउनका कारण नेपाली जनताको जनजीवन अझैसम्म पनि सहज बन्न सकिरहेको छैन ।

धेरैको व्यापार व्यावसाय अहिलेसम्म सोचे बमोजिम सुचारु छैनन् ।

आम नागरिक लकडाउन भन्ने शव्ददेखि नै त्रसित छन् ।

अब सरकारले यो विषयमा गम्भिरता पूर्वक सोच्नु पर्ने बेला आएको छ ।

कोरोनाका कारण लकडाउन गर्नु समस्याको समधान होइन भन्ने कुरा विगतको परिणामले पुष्टि गरेको छ ।

नेपाल अरु देशको तुलनामा गरीव भएता पनि कोरोना भाइरससँग लड्न सक्ने क्षमता भएको कुरा विगतले पुष्टि गरेको छ ।

नेपाली जनता कुनै पनि दुःख, कष्टसँग भागेको इतिहास छैन ।

हामी नेपाली वीर गोर्खालीका सन्तान हौँ हामी जस्तो सुकै त्याग तपस्या र बलिदान दिन पनि तयार छौँ ।

हामीलाई यो माटो मुटुभन्दा पनि प्यारो छ ।

कोरोना भाइरससँग जुध्न सक्ने क्षमता वीर गोर्खाली नेपालीसँग छ ।

अहिले जुन किसिमले कोरोना भाइरसको हल्ला चलेको छ, त्यसको सत्य तथ्य जानकारी पाएर मात्र सचेत बन्नु पर्ने आवश्यकता देखिएको छ ।

विगतको लकडाउनका कारण अहिलेसम्म नेपालको अर्थतन्त्र चलाएमान हुन सकिरहेको छैन ।

अब लकडाउन गर्ने कुरामा कसैको ध्यान जानु हुँदैन ।

यदि नेपालमा कोरोना संक्रमण विगतमा जस्तै बढेको प्रमाण पाइएमा सरकारले आवश्यकता अनुसार सोच्ने कुरा आफ्नै छ ।

तर लकडाउन विकल्प होइन ।

लकडाउनले नेपालको अर्थतन्त्र देखि सबै क्षेत्रलाई तहस नहस पारेको कुरा अझै भुल्न सकिंदैन ।

छिमेकी देश भारतका कतिपय शहरमा गरिएको लकडाउनको सिको नेपालमा गर्नु हुँदैन ।

श्रम जिवी जनता विगतको लकडाउन बाट नै त्रसित छन् ।

त्यो स्थिति पुनस् दोहोरिएमा जनता आक्रोसित हुन्छन् ।

केही महिनादेखि घट्दो क्रममा रहेको कोरोना भाइरस संक्रमण दर फेरि बढ्न थालेको छ ।

यो नै नेपाल र नेपाली जनताको लागि चिन्ताको विषय हो ।

संक्रमित संख्या केही मात्रमा बढिरहेको भए पनि यसप्रति सबै सचेत रहनुपर्ने आवश्यकता भने देखिएको छ ।

तर यो विषयमा तपाईं हामीले समयमै सावधानी अपनाइएन भने संक्रमणको अर्को लहर सुरु नहोला भन्न सकिन्न ।

खासगरी, पछिल्लो समय भारतमा जुन किसिमले संक्रमितहरूको संख्या बढिरहेको छ, त्यसलाई हेरेर पनि हामी सचेत र जागरुप हुनु पर्ने देखिन्छ ।

गत वर्ष नेपालमा नेपाली जनतालाई केही हुँदैन होला भन्दाभन्दै संक्रमण फैलिन पुगेको तथ्य याद राख्नुपर्छ ।

त्यसैले, तपाईं हामी सबैले कोरोनाको दोस्रो लहर फैलिन नदिन स्वास्थ्य मापदण्डहरूको अनिवार्य पालना गर्नु–गराउनु अत्यावश्यक छ ।

भारतबाट नेपाल आउनेका हकमा स्वास्थ्य मापदण्ड पालनालाई पनि कडाइका साथ लागू गराउनुपर्छ ।

हामी नेपाली जनता तत्काल अत्तालिहाल्नु पर्ने आवश्यकता देखिंदैन ।

तैपनि सतर्क भने रहनुपर्छ ।

किनभने, सहर–बजारको भीडभाडदेखि राजनीतिक दलहरूको सभा–समारोहसम्ममा मानिसहरू स्वास्थ्य सावधानीबिनै जसरी निर्धक्क सहभागी भैरहेका छन्, यस्ता राजनीतिक गतिविधिहरूले हामी जानीनजानी पुनः होमिरहेका छौ ं ।

यसबाट कतै हामी आफैंले महामारीलाई पुन बोलाइरहेका त छैनौं भन्ने प्रश्न उठेको छ ।

हामीले कोरोना भाइरसलाई खेलाँची भने ठान्नु हुँदैन ।

यदि हामीले लापर्वाही गरियो भने कोरोनाका कारण देशको अर्थतन्त्र फेरि तहसनहस हुनेछ, जनजीविका र सामाजिक जीवन थप प्रभावित बन्नेछ ।

हामी सजग रहन सक्यौं भने मात्रै त्यस्तो परिस्थिति आउने छैन ।

सार्वजनिक स्थलमा जनस्वास्थ्यका नियम पालना भए–नभएको बारेमा सरकारले निगरानी गर्नुपर्छ ।

त्यस्तै, सरकारले खोप अभियानलाई गति दिन पनि उत्तिकै आवश्यक छ ।

किनभने संक्रमणको दोस्रो लहर सुरु भएमा जोखिममा रहेका समूहहरू प्रभावित हुन सक्छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close