
सर्लाहीको लालबन्दी नगरपालिकास्थित अटोबाट १५ किलो लागुऔषध गाँजासहित तीनजना पक्राउ परेका छन् । विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले लालबन्दी नगरपालिका १७ स्थित रानीगन्जबाट ज १ ह ४६०९ नम्बरको अटोमा सवार तीन जनालाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा स्थानीय अटो चालक ४५ वर्षीय पुस्पबहादुर फुयाँल, ४० वर्षीय सुरेन्द्र कुमार बल र वडा नम्बर १४ निवासी ४१ वर्षीय पाल्साङ पाख्रिङ रहेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिनुभयो । उहाका अनुसार पक्राउ परेका बलको साथबाट नगद २५ हजारसमेत बरामद भएको छ ।
गाँजा बरामद भएको अटो सहित तीन जनालाई थप कारवाहीका लागि हिरासतमा राखि अनुसन्धान अगाडी बढाईएको कुँवरले बताउनु भयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




