परिवारभित्र होली मनाउनुहोस् र कोरोनाबाट जोगिनुहोस्

परिवारभित्र होली मनाउनुहोस् र कोरोनाबाट जोगिनुहोस्

होली एक रगिंन पर्व हो । यस दिन सारा मानिस आफनो पुरानोे गुनासा साथै शत्रुगत व्यवहार बिर्सेर एक आपसमा मित्रबत व्यवहार गरी खुसी साटासाट गर्ने प्रचलन रहेको छ । यस पर्वमा एक अर्कोलाई अबिर लगाउछन् । आजभोलि यस पर्वमा मानिसहरुले पानी र अबिर छ्याप्ने चलन पनि रहेको छ । बच्चाहरु खेलौना बन्दुकमा पानी भरि एक आपसमा छ्र्यापी विभिन्न रंगहरु लगाई रमाउने गर्दछन् ।

यो पर्व विशेष गरेर हिमाली र पहाडी भेगमा आज मनाइन्छ भने तराइ भेगमा त्यसको भोलिपल्ट धुमधामका साथ मनाउने गरिन्छ । नेपाल सरकारले यस पर्व मनाउनको लागि सार्वजानिक विदा दिएको छ । गत वर्ष र यस वर्ष कोरोनाको प्रभावले गर्दा होली पर्व त्यति उत्साह जनक रुपमा मनाउन पाइएको छैन । कोरोनाको कारण विगत वर्ष र यस वर्ष पनि होली पर्व घरमै सिमित बनेको छ ।

हो विश्वव्यापी फैलिएको कोरोना सँग हेलचेक्राई नगरी एक आपसमा सुरक्षित रही घरमै बसी मनाउनु उपयुक्त हुन्छ । फाल्गुन महिनाको पुर्णिमामा यो पर्व मनाउने गरिन्छ । यो पर्व ठाउँ अनुसार फरक फरक किसिमले मनाउने गरिन्छ । ‘होली’ हर्ष र उमङ्गको पर्व हो । यो नेपालको साँस्कृतिक पर्व हो । फागु, वा होली उमङ्ग, भ्रातृत्व पवित्रता र मेलमिलापको पर्व हो । नेपाली संस्कृतिको संरक्षण गर्नको लागि यो पर्वको विशेष महत्व रहँदै आएको छ । आजभोलि यस पर्व मनाउने क्रममा समाजमा विकृति फैलिदै गएको छ । यस्ता विकृति लाई रोक्न नेपाल सरकारका साथै तपाई हामी आ आफ्नो ठाउँबाट लाग्नुपर्छ ।

होलीलाई आजभोलि सामाजिक उत्सवका रूपमा मनाउन थालिएको छ । यस पर्वको विभिन्न पाटो छ । नाच, गान, खानपान र मनोरञ्जनसँगै यो पर्व भेदभाव, छुवाछूत र वर्ण व्यवस्थाको वास्ता नगरी सद्भाव र मेलमिलाप बढाउने पर्व हो । पर्वतीय समुदायका लागि मीठो खाने, राम्रो लगाउने र स्वच्छन्द हुने पर्वका रूपमा लिइन्छ । तराईका मानिसमा मीठो खाने र आत्मीयजन लिएर समाजको शत्रु नै किन नहोस्, सबैजनासँग प्रेम र सद्भावले मिल्ने पर्वका रूपमा लिइन्छ । पहाडी क्षेत्रमा मासु परिकार विशेष रूपमा खाइन्छ ।

तराईमा पुआ मैदा र चिनीको विशेष पकवान मालपुआ, तरुवा र मासुजस्ता विशेष परिकार पकाएर सबैलाई खुवाउने चलन छ । यो पर्व सामूहिकताको पर्व हो । समूहमा मनाउने पर्व हो तर कोरोना महामारीले यसमा अवरोध ल्याएको छ । घर–आँगन, चोक, चौरमा उत्साहपूर्वक मनाइने पर्वमा मानिस घरभित्रै थुनिएर बस्न बाध्य भइएको छ ।होली पर्वमा रङ्गको विशेष सम्बन्ध छ ।

होलीको विविध रङ्गजस्तै जीवन पनि रङ्गीन छ । रङ्गले दुनियाँलाई रङ्गीन बनाएको छ । होली रङ्गको मिलन पर्व हो ।होली पर्वको परम्परागत ढङ्गले मनाउनका लागि टोल र समुदायका पुरुष, महिला, केटाकेटी भेला भई हार्दिक रूपले गाउँदै, नाच्दै आपसमा रङ्ग तथा अबिर एक–अर्कोलाई छ्याप्दै रमाइलो गर्ने दिन हो । होलीको नाममा गाँजा, भाङ, चरेशको खुलेआम सेवन गर्ने प्रवृत्ति बढिरहेको छ ।

मादक पदार्थ सेवन गरेर झै–झगडा गर्ने, जबरजस्ती महिलालाई अबिर लगाइदिने, फोहोर पानी भरिएका लोलाले जथाभावी हान्ने गरिन्छ । यो गलत प्रवृति हो । यस्ता क्रियाकलाप रोक्नु पर्छ । होली पर्वले सद्भाव र मेलमिलापको सन्देश बोकेको छ । सद्भाव र उमङ्गको पर्व होली, होली नै रहोस्, यसमा विकृति र विसङ्गति आउन दिनु हुदैन । आफ्नो संस्कृति जोगाउनका लागि सवै सचेत हुनुपर्छ । आज सबैजना आ-आफनै घरमा बसी आफ्नै परिवारभित्रै होली मनाउनुहोस् र कोरोनाबाट जोगिनुहोस् । यहि छ मेरो शुभकामना ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close