पुर्व मन्त्री सोनल द्वारा छोरीहरूका लागि निशुल्क लोकसेवा तयारी कक्षाको उद्घाटन

पुर्व मन्त्री सोनल द्वारा छोरीहरूका लागि निशुल्क लोकसेवा तयारी कक्षाको उद्घाटन

शिक्षा तथा संस्कृति मन्त्रालय, मधेश सरकारको सहकार्यमा मधेश प्रदेश सरकारअन्तर्गत शिक्षा तथा संस्कृति मन्त्रालयको सहकार्यमा एंव नेपाल स्किल डेभलपमेन्ट फर्मको आयोजनामा हुने नेपाली छोरीहरूका लागि निशुल्क लोकसेवा आयोग तयारी कक्षाको उद्घाटन लोसपा नेपालका मधेस प्रदेशका प्रदेश सभा सदस्य एंव पुर्व भौतिक योजना तथा विकास मन्त्री माननीय जितेन्द्र सोनलले एक कार्यकमका बिच उद्घाटन गरेका हुन।

कार्यक्रमको उद्घाटन गर्दै मधेश प्रदेश सभा सदस्य एंव पूर्व भौतिक योजना तथा विकास मन्त्री माननीय जितेन्द्र सोनलले भने महिला तथा छोरीहरूको सशक्तिकरणका लागि यस्तो निशुल्क लोक सेवा संचालन कार्यक्रमले ‘बर्दान’ सावित हुने विश्वास व्यक्त गर्नु भयो।

उद्घाटन कार्यकममा लोसपा नेपालका नेता श्रीरामजी
गिरीले स्वागत मन्तव्य मन्तव्य राखेका थिए। उक्त निशुल्क लोक सेवा तयारी कक्षा पर्सा, बारा, रौतहट, महोत्तरी र सप्तरी जिल्लाका छात्राहरूका लागि खुला गरिएको छ

उद्घाटन कार्यक्रम नेपाल स्किल डेभलपमेन्ट फर्मकि प्रमुख आरति कुमारी पटेलकी अध्यक्षतामा एंव प्श।श मधेश प्रदेश सभा सदस्य एंव पूर्व भौतिक योजना तथा विकास मन्त्री माननीय जितेन्द्र सोनलको प्रमुख अतिथिमा भएको उद्घाटन कार्यक्रममा उच्च अदालत जनकपुरधामका अस्थायी इजलासका कर्मचारी अमर सुनुवार, लोसपा नेता श्रीराम गिरी, जिल्ला अदालत पर्साका अधिकृत मदन बेलबासे,राष्ट्रिय वाणिज्य बैंक प्रदेश कार्यालयका कर्मचारी आलोक कुमार कर्ण,अप्लेश मिश्रा तथा नेपाल पत्रकार महासंघ पर्साका सदस्य राहुल कुमार गुप्ता,सौर्य दैनिकका संवादाता पवन प्रसाद साह,पत्रकार अभिलास गुप्ता लगायत लोकसेवा तयारी गरिरहेका विद्यार्थी तथा शिक्षकरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close