
कोरोना भाइरसबाट जोगिन मास्क लगाउनु, पटक-पटक हात धुनु र स्यानिटाइजर दल्नु अनिवार्य नै भएको छ। जब कुनै चिजको माग बढ्छ, त्योसँगै कालोबजारी गर्ने गिरोहहरू मौकाको फाइदा उठाउन सल्बलाउन थाल्छन्। यसको पछिल्लो उदाहरण स्यानिटाइजरमा देखिएको छ।
स्यानिटाइजरको बढ्दो प्रयोगसँगै कालोबजारी गर्ने गिरोहहरू बढेका छन्। बजारमा गुणस्तरहिन र हानिकारक सामग्री मिसाइएका स्यानिटाइजर प्रयोग भइरहेको पाइएको छ।
प्रहरीले आइतबार महालक्ष्मी नगरपालिका-४, इमाडोलस्थित शितलहाइटमा रहेको तीनतले घरमा छापा मारेर मिथानोल मिसाइएको करिब २५ हजार लिटर नक्कली स्यानिटाइजर जफत गरेको छ।
महानगरीय अपराध महाशाखा काठमाडौंका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मी नेतृत्वको टोलीले उक्त छापा मारेको हो। महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङ, महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्राचार्य पनि गोदाममा पुगेका थिए।
स्वास्थ्यलाई हानिकारक रसायन मिसिएका स्यानिटाइजर पाइन थालेको खबर पाएपछि अनुसन्धान अघि बढाएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाले जानकारी दिए।
अनुसन्धान क्रममा प्रहरी टोलीले केही साताअघि पाँच लिटरको एक ग्यालिन स्यानिटाइजर दुई हजार रुपैयाँमा किनेको थियो। उक्त स्यानिटाइजरको गुणस्तर परीक्षण गर्न प्रहरीले औषधि व्यवस्था विभाग पठायो। विभागले त्यसमा मिथानोल प्रयोग भएको पुष्टि गर्यो।
स्यानिटाइजरमा मिथानोल प्रयोग गर्न नहुने र यसले स्वास्थ्यमा हानि पुर्याउने भन्दै विभागले पत्र पठाएको एसपी कोइरालाले बताए।
अनुसन्धान क्रममा प्रहरी टोलीले केही साताअघि पाँच लिटरको एक ग्यालिन स्यानिटाइजर दुई हजार रुपैयाँमा किनेको थियो। उक्त स्यानिटाइजरको गुणस्तर परीक्षण गर्न प्रहरीले औषधि व्यवस्था विभाग पठायो। विभागले त्यसमा मिथानोल प्रयोग भएको पुष्टि गर्यो।
स्यानिटाइजरमा मिथानोल प्रयोग गर्न नहुने र यसले स्वास्थ्यमा हानि पुर्याउने भन्दै विभागले पत्र पठाएको एसपी कोइरालाले बताए। setopati




